Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

वजन घटाउने ६ घरेलु उपाय

शहरिया जीवनशैलीमा मोटपन अर्थात् वजन बढ्नु अहिले सामान्य बनेको छ । यसका लागि अनेक तरिका अपनाइन्छन् पनि । तर, कतिपय घरेलु तरिका नै लाभदायक हुन सक्ने कुरामा निकै कमले ध्यान पुर्याउँछन् । आफ्नै वरिपरि रहेका ती कुराको प्रयोग गरेर वजन  घटाउने घरेलु उपाय यसप्रकार छन् ः

मह र कागती

girl_straw_glass_lime_900px-2ymgxp3midmqnxntf5ob9c
कागती र मह मिसाएर खानाले वजन कम हुन्छ । एक गिलास पानीमा मह र कागती राखेर थोरै कालीमर्चा राख्नुपर्छ । बिहान उठ्नेबित्तिकै नियमित यसको प्रयोगले वजन घटाउन मद्दत गर्छ ।

ग्रिन टी

greentea3_0
चिया धेरैको जीवनशैलीको अभिन्न अंग हो । बिहानै दुध चियाको सट्टा ग्रिन टी पिउँदा दोहोरो फाइदा हुन्छ । एउटा त चियाको तलतल मेट्छ, अर्काे यसमा रहेको पोलिफेनाल्स नामक तत्वले बोसो घटाउन सहयोग गर्छ  । युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका शोधकर्ताले यो पत्ता लगाएका हुन् ।
लौका

lauki
लौकामा पानी र रेशाको मात्रा अधिक हुन्छ । यसलाई तरकारीका रुपमा पनि खान सकिन्छ र जुस पनि पिउन सकिन्छ । १०० ग्राम लौकाको जुसमा केवल १२ क्यालोरी हुन्छ ।
स्याउको जुस

syau
स्याउको जुस हरेक बिहान पिउन सक्यो भने वजन क मगर्न सघाउँछ । यसले रक्तसञ्चार नियमित गर्छ । जसले गर्दा शरीरका सम्पूर्ण प्रणाली सहज रुपमा आफ्नो कार्य गर्न पाउँछन् र बोसो सञ्चित हुने संभावना कम हुन्छ ।

धनियाँ

dhaniya
यसले किड्नीको सफाइ गर्ने काम गर्छ । किड्नीमा रहेको विकार बाहिर निकालेर स्वस्थ रहन मद्दत गर्नुका साथै पेटसँग सम्बन्धित रोग पनि  ठिक पार्छ । यसले छिटै भोक लाग्ने समस्याबाट मुक्त गर्छ ।

टमाटर

tamatar
टमाटरमा बिटा क्यारोटिनको र आइकोपिनको मात्रा धेरै हुन्छ । त्यसैगरी यसमा फाइबर ज्यादा र क्यालोरी कम हुन्छ । जसले वजन घटाउन मद्दत गर्छ । बिटा क्यारोटिन शरीरका लागि फाइदाजनक तत्व हो ।

पानी पिउने र एक्सरसाइज गर्ने काम पनि यीनको प्रयोगसँगै हुनुपर्दछ । किनभने एक्सरसाइज त सम्पूर्ण अंगका लागि अनिवार्य कुरा नै हो ।

वजन घटाउने ६ घरेलु उपाय Reviewed by marumala srinu on 8:06 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.