Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सरकारको बारेमा गम्भीर समिक्षा र मुल्याङ्कन गर्ने बेला आएको छ: प्रचण्ड

सरकार परिवर्तनको चर्चा चलिरहेको बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको बारेमा गम्भीर समिक्षा र मुल्याङ्कन गर्ने बेला आएको बताएका छन्। उनले जनअपेक्षा अनुसार काम नभएको भए समिक्षा गर्ने तर सरकार परिवर्तन गर्नु पर्छ भन्ने पक्षमा नरहेको बताएका हुन्।parchanaविराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्ड भने,समग्र परिस्थितिको मुल्याकंन गर्ने समय छ, सरकार वा मन्त्रीको विषयमा अल्झनु राम्रो हैन ।’ उनले आफ्नो पार्टी सरकारको मुख्य हिस्सेदार भएपनि अहिले नै चावी हातमा छ भनेर हिड्ने बेला नभएको बताए ।

प्रचण्डले देशमा देखिएको चुनौतीको सामना सबै राजनीतिक शक्तिबीचको एकताले मात्र चिर्न सकिने बताए । दलहरुबीच बढेको ध्रुवीकरणलाई समेट्दै अगाडी बढ्नु नै अहिलेका लागि राष्ट्रिय हितमा हुने बताउदै कसैले वा कुनै देशले भनेको भरमा नेपालको सरकार परिवर्तन हुने वा नहुने उनले बताए 

सरकारको बारेमा गम्भीर समिक्षा र मुल्याङ्कन गर्ने बेला आएको छ: प्रचण्ड Reviewed by marumala srinu on 9:29 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.