Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

रेकिट बेन्कीजरद्वारा क्षमा याचना

Image copyrightAP

ब्रिटेनमा अवस्थित एउटा बहुराष्ट्रिय कम्पनीले आफ्नो एक उत्पादनको प्रयोगबाट दक्षिण कोरियामा केही मानिसहरुको मृत्यु हुन गएको भनी जिम्मेवारी स्वीकार गरेको छ।

रेकिट बेन्कीजर नामक उक्त कम्पनीको कोरियाली शाखाका प्रमुखले एउटा पत्रकार सम्मेलनमा बोल्दै उक्त घटनाप्रति क्षमायाचना गरेका छन्।

हावामा पानीको मात्रा कायम राख्ने उपकरणलाई निर्मलीकरण गर्ने उक्त कम्पनीको उत्पादनहरुमा समस्या देखिएको थियो।

दक्षिण कोरियाली अधिकारीहरुले सन् २०११ मा ब्रिटेनको रेकिट बेन्कीजर कम्पनीले उत्पादन गरेको हावाको आर्द्रता बढाउने उपकरणलाई जीवाणु रहित तुल्याउने रसायन र उपभोक्ताको फोक्सोको समस्याबीच सम्बन्ध रहेको संकेत गरेका थिए।

रेकिट बेन्कीजरले बजारबाट आफ्नो उत्पादनलाई फिर्ता लिएको छ, तर सो कम्पनीले आफ्नो उत्पादनका कारण मानिसहरुको ज्यान गएको भनी सार्वजनिक रुपमा स्वीकारेको भने यो पहिलो पटक हो।

आक्रमण

उक्त कम्पनीका दक्षिण कोरियाली शाखाका प्रमुख अताउर सफदरले सउलको एउटा होटेलमा आयोजित पत्रकार सम्मेलनमा क्षमा याचना गर्दै गर्दा पीडितहरुका आक्रोशित आफन्तले उनीमाथि आक्रमण गरेका थिए।

तिनीहरुले सो कम्पनीको क्षमायाचना अस्वीकार गरेका थिए।

Image copyrightAFP

उपभोक्ताहरुको मृत्युका लागि रेकिट बेन्कीजर लगायत अन्य विभिन्न कम्पनीहरुलाई पनि दोष लगाइएको छ।

सो ब्रिटिश कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरुले निर्माण गर्ने 'ह्युमिडीफाएर' भनिने हावामा पानीको मात्रा कायम राख्ने घरेलु उपकरणमा देखिएको खराबीका कारण झण्डै एकसय जनाको ज्यान गैसकेको बताइएको छ।

सो कम्पनीले प्रभावितहरुका लागि क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ।

अताउर सफदरले भनेका छन्, उनको कम्पनीले पीडितत र तिनका परिवारहरुका निम्ती करोडौं डलरको मानवीय सहायता कोष स्थापना गर्न लागेको छ।

रेकिट बेन्कीजरद्वारा क्षमा याचना Reviewed by marumala srinu on 9:17 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.