Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

आकाशमा विमान हल्लिँदा इतिहादको विमानमा सवार एकतीस हवाई यात्रु घाइते

अबुधाबी – इतिहाद हवाई सेवाको एक विमानले बुधबार एक गम्भीर एवम् अनपेक्षित हलचल उडान अनुभवको सामना गर्नुपरेको उक्त हवाई कम्पनीले बताएको छ ।

जकार्तामा अवतरण हुन लागेको अवस्थामा इतिहाद विमान कम्पनीको ए ३३०–२०० को विमानमा प्राविधिक समस्या आएपछि विमानमा यात्रारत् ३१ यात्रु घाइते भएको र विमानको अगाडिको भागमा केही क्षति पुगेको उक्त कम्पनीका प्रवक्ताले बताए ।

विमानलाई सोइकार्नो हट्टा अन्तर्राष्ट्रिय विमान स्थल अबुधाबीमा सकुसल अवतरण गराइएको र आकस्मिक अवतरण गराइने क्रममा घाइते भएका यात्रुलाई स्थानीय अस्पतालमा उपचार गराइराखिएको इतिहादका प्रवक्ताले बताए ।

इतिहाद विमानसेवाको अवुधावीबाट जकार्ताका लागि छुटेको उडान नम्बर ४७४ को विमानमा जाकार्तामा अवतरण हुनुभन्दा करीब ४५ मिनेट पहिले अनपेक्षित रुपमा हलचल आएको थियो । यसबारे बिस्तृत बिवरण समाचार तयार पार्नेवेलासम्म आइसकेको छैन ।


आकाशमा विमान हल्लिँदा इतिहादको विमानमा सवार एकतीस हवाई यात्रु घाइते Reviewed by marumala srinu on 9:21 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.