Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कतारको सबैभन्दा सम्मानित अमिरी कपमा नेपाल पनि सहभागी हुने – खेल मे १३ बाट सुरु हुँदै

दोहा । कतारको सबै भन्दा सम्मानित अमिरी कप भलिवल टुर्नामेन्ट अप्रिल ३० बाट सुरु भएको छ । अप्रिल ३० बाट सुरु भएको सो अमिरी कप मे १३ मा समापन हुने भएको छ ।
अमिरी कपकै अवसर पारेर कतार भलिबल एसोसिएसनले यसबर्ष पनि ४ देश बीच कम्युनिटी लिग भलिवल प्रतियोगिताको आयोजना गरेको छ । कतारमा कार्यरत विभिन्न समुदायलाई सम्मान साथ सो खेलमा सहभागी गराउन लागेको हो ।
कतार भलिबल एसोसिएसनले विगत ५ बर्ष देखि अविच्छिन्न रुपमा कतारमा कार्यरत विभिन्न देशका समुदाय बीच भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको हो ।
यस पटक लीग चरणको भलिवल खेलमा नेपाल, भारत, श्रीलंका र फिलिपिन्स बीच प्रतिस्पर्घा हुने पक्कापक्की भएको छ ।
अन्य देशसंग हुने प्रतिस्पर्धी खेलमा यसपटक नेपाली समुदायले नेपालबाट ३ जना उत्कृष्ट राष्ट्रिय भलिवल खेलाडीहरु ल्याउने पक्का भएको छ । जसमध्ये संजय अर्याल, कुल बहादुर थापा र इम मगर पर्नुभएको छ ।
यो नेपाली समुदाय कतार र नेपाली खेलाडीहरुको लागि निकै राम्रो अवसर हो, नेपाली समुदायका तर्फबाट संयोजक सागर नेपालले बताए ।
अमिर कप खेल्नको लागि कतारको विभिन्न सपोर्ट क्लवहरुले विश्वका चर्चित भलिवल खेलाडीहरु पनि कतार झिकाईसकेको छ । जस मध्ये नेपालको लिग चरणको भलिवल खेल भने मे १३ को साँझ ६ बजे बाट अलसाद फुटबल स्टेडियम नजिक रहेको अलि बिन हमाद अतिया स्टेडियममा हुने भएको कुरा नेपाली समुदायको तर्फबाटका अर्का संयोजक बुद्ध गुरुङले बताए ।
विभिन्न देशसंगको चरणबद्ध खेलहरुको अंकको आधारमा छनौट भएका देशहरुको फाइनल खेल मे १३ शुक्रवारको समय साँझ ६ बजे बाट हुने कुरा संयोजक सागर नेपालले बताए ।
नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न कतारमा रहेका सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाईलाई स्टेडियममा उपस्थित भई हौसला प्रदान गरिदिन पनि नेपाली समुदायका तर्फबाट संयोजकद्धय सागर नेपाल र बुद्ध गुरुङले अनुरोध गरेका छन् ।
यस खेललाई सफल बनाउन संस्थागत सहयोग गर्ने संस्थाहरुमध्ये चितवन युवा समूह र तमु सेवा समाज दोहा कतार आफ्नो भूमिका निर्वाह गर्ने भएका छन् ।
कतारको सबैभन्दा सम्मानित अमिरी कपमा नेपाल पनि सहभागी हुने – खेल मे १३ बाट सुरु हुँदै Reviewed by marumala srinu on 1:00 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.