Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अमेरिकामा ८६ हजार भुटानी शरणार्थी पुनर्स्थापित

न्युयोर्क । पुनःस्थापना सुरु गरेको ८ बर्षमा अमेरिकाले ८६ हजार भुटानी शरणार्थीलाई पुनर्स्थापित गरेको छ ।
अमेरिकी सरकारले सन् २०१६ मार्चमा नेपालको झापामा शरण लिइरहेको भूटानीको पुनस्थापना गर्न थालेको थियो । अमेरिकी सरकारले स्टेट डिपार्टमेन्टले सन् २०१६ मार्च अन्तिमसम्ममा ८६ हजार ३ सय ४५ जनालाई पुनर्स्थापित गराइसकेको जानकारी दिएको छ ।
सन् २०१४ अक्टोबर १ देखि सन् २०१५ सेप्टेम्बर ३० सम्म सबैभन्दा धेरै ८४ हजार ५ सय ४७ जना भूटानी शरणार्थी पुनर्स्थापित भएका छन् ।
त्यस्तै सन् २०१५ अक्टोबरमा सुरु भएको नयाँ आर्थिक वर्षको ६ महिनामा १ हजार ७ सय ९८ जना भूटानीहरु पुनर्स्थापित भएका छन् ।
तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रमपछि झापाबाट विभिन्न मुलुकमा अहिलेसम्म करिव ९४ हजार भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनस्थापित भएका छन् । तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रमअन्तर्गत ती शरणार्थीलाई अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानाडा, डेनमार्क, नर्वे, न्युजिल्यान्ड, नेदरल्यान्ड्स लगायतका मुलुकले बस्ने ब्यवस्था मिलाएका छन् । सबैभन्दा बढी शरणार्थी पुनस्र्थापित भएको मुलुक अमेरिका हो ।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्था यूएनएचसीआरले दिएको समयसीमा गत बर्षको जुनमै सकिएको थियो । त्यतिखेरसम्म करिब २ हजार भुटानी शरणार्थीले तेस्रो मुलुक पुनर्स्थापनामा जाने इच्छा गरेनन् । भुटानी शरणार्थीलाई उनीहरुको दैनिकी सहज बनाउन सहयोग गर्दै आएका पत्रकार राजेश कोइराला अमेरिकाको कुन राज्यमा कति भुटानी शरणार्थीको यकिन संख्या छ भनेर भन्न नसकिने बताउँछन् ।
‘सुरुमा राखेको ठाउँमा केही समय बसेपछि उनीहरु आफन्त वा साथीभाइको सहयोगमा आफूलाई सहज हुने राज्यतिर बसाइ सर्दै जान्छन्,’ उनले भने, ‘त्यसपछि उनीहरुको सम्पर्क आफ्नो समुदायबाट बिच्छेद हुँदै जान्छ ।’ कोइरालाले नेपाली भाषी भुटानी शरणाथर्थीलाई शिक्षा, जानकारी, हौसला दिने र सक्षम बनाउने उद्देश्यले सन् २०१० अगस्तदेखि अक्षरिका नामक इपत्रिका प्रकाशन गर्दै आएका छन् ।
उनले पिसकोरका लागि नेपाल पुगेका अमेरिकी स्वयंसेवी डगलस हलसग मिलेर शरणार्थीलाई बसोबासमा आइपर्ने समस्यासग जुझ्न सघाउन ‘अमेरिकामा बसोबास’ नामक सहयोगी पुस्तक तयार पारेका छन् ।
कोइरालाका अनुसार अमेरिकी सरकारले शरणार्थीलाई ल्याएपछि सुरुका ८ महिना खाने बस्नेलगायतका सम्पूर्ण सुविधा उपलब्ध गराउँछ । त्यसबीचमा उनीहरुलाई ब्यवसायीक, सीपमूलक र भाषिक तालिम दिएर काम गर्न सक्ने बनाउँछ । उसले अरु ७ बर्ष सोसियल सेक्युरिटीलगायतका नागरिकलाई दिने सम्पूर्ण सुविधा उपलब्ध गराउँछ । त्यसपछि भने शरणार्थी आफ्नो खुट्टामा उभिन सक्षम हुनु पर्छ

अमेरिकामा ८६ हजार भुटानी शरणार्थी पुनर्स्थापित Reviewed by marumala srinu on 12:04 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.