Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

पाथिभरामा तिर्थयात्रीको घुइँचो, व्यवस्थापनमा समस्या


९ वैशाख, ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभरामा तिर्थयात्रिको चाप बढेपछि खान र बस्नको व्यवस्थापनमा समस्या भएको छ ।
दैनिक हजारौँको संख्यामा दर्शनका लागि तिर्थयात्रि आउने र पाथिभरा मन्दिरमा जाने भएकाले यस क्षेत्रमा पर्याप्त होटल र बस्ने स्थान नभएका कारण खान र बस्नको व्यवस्थापनमा समस्या भएको हो ।
सडक मार्ग हुँदै तल्लो फेदि सम्म पुग्ने तिर्थयात्रि आएकै दिन वा भोली पल्ट पूजा गर्न पाथिभरा पुग्न चाहने र सो क्षेत्रमा खुलेका सिमित होटलले व्यवस्थापन गर्न नसक्दा दर्शनार्थीले समस्या भोग्ने गरेको स्थानिय व्यवसायी ईन्द्र नारायण भट्टराईले बताए ।
सदरमुकाम र सुकेटार क्षेत्रमा पर्याप्त सुविधा सम्पन्न होटल भए पनि तिर्थयात्रि पाथिभरानै पुन चाहने भएकाले यस क्षेत्रमा व्यवस्थापन गर्न समस्या भएको पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेलले बताए ।
तिर्थयात्रिको माथिल्लो फेदि र पाथिभरामा क्षेत्रका भीड लागेपछि यस क्षेत्रमा खानेपानीको पनि समस्या भएको व्यवसायिले बताएका छन् । यस वर्ष पाथिभरामा नेपालका अधिकांस जिल्ला साथै भारतको दार्जेलीङ् र सिकिमबाट अत्याधिक दर्शनार्थि आएको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ ।
अन्य दिनको तुलनामा देवीको पूजा गर्न मंगलबार र शनिबार उपयुक्त हुने भएकाले यस दिन पाथिभरामा तिर्थयात्रिको अत्याधिक चाप हुने गरेको छ । पाथिभराको दर्शन गरे मनोकाँक्षा पुरा हुने जनविस्वास रहेकाले यस मन्दिरमा वर्षको बाह्रै महिना तिर्थयात्रिको घुईचो लाग्ने गरेको छ ।



पाथिभरामा तिर्थयात्रीको घुइँचो, व्यवस्थापनमा समस्या Reviewed by marumala srinu on 8:34 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.