Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बैंककमा नेपाल भूकम्प संस्मरण मेला

बैंकक : थाइल्यान्डको राजधानी बैंककमा यसै साता आयोजना गरिएको नेपाल फेस्टिवल दस लाखभन्दा बढी नागरिकले अवलोकन गरेका छन्।
 
नेपालमा गतवर्ष गएको भूकम्पबाट भएको क्षतिको स्मरण र सहयोगस्वरूप उक्त फेस्टिवलको आयोजना गरिएको हो।गैरआवासीय नेपाली संघ थाइल्यान्ड र थाइल्यान्डस्थित नेपाली दूतावासद्वारा आयोजित त्यस प्रदर्शनीमा भूकम्पले पुगेको क्षति, त्यसमा नेपाल सरकारलाई विश्वका विभिन्न देशले उपलब्ध गराएको सहयोगका साथै थाइल्यान्डमा रहेका नेपालीका साथै थाई सरकारको सहयोगका विषयमा पनि स्टल राखिएका थिए।
 
राजधानी बैंककमा आयोजित फेस्टिवलको नाम नेपाल अर्थक्वेक मेमोरियल (नेपालको भूकम्पको संस्मरण) राखिएको थियो।उक्त फेस्टिवलको समापन यही अप्रिल २५ मा भएको थियो । समापनका अवसरमा थाइल्याण्डका विदेशमन्त्री दन प्रामुदाविनी उपस्थित थिए।
 
कार्यक्रमको उद्घाटनका क्रममा पनि थाइल्यान्डका उच्चपदस्थ सरकारी अधिकारीका साथै राजपरिवारका सदस्य उपस्थित थिए। समापनका अवसरमा बोल्दै विदेशमन्त्री प्रामुदाविनीले भूकम्पपछि थाई सरकारले नेपाली नागरिकको पक्षमा रही ठूलो सद्भाव व्यक्त गरेको बताए। 
 
उनले अब त्यस्तो दिन नेपाली एवं यो पृथ्वीका कुनै पनि देशका नागरिकका बीच कहिल्यै नआओस् भनी कामना गरेका थिए। यस फेस्टिवलका कारण नेपालका भूकम्पपीडित जनताको पक्षमा ठूलो सद्भाव एवं नैतिक समर्थन प्राप्त भएको छ। कार्यक्रममा थाई कलाकारले प्रस्तुति गरेका थिए भने नेपालको सुरसुधा ब्यान्डले सांगीतिक प्रस्तुति देखाएको थियो। -रासस

बैंककमा नेपाल भूकम्प संस्मरण मेला Reviewed by marumala srinu on 10:41 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.