Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

चर्चित बलिउड अभिनेत्रीकी छोरीहरु, को के गर्दैछन् ?

एजेन्सी । बलिउड नगरीमा कुनै समय एक छत्र राज गरिसकेका अभिनेत्रीहरुको दोस्रो पुस्ता अर्थात उनीहरुकी छोरीसमेत हुर्किसकेकी छिन् । अब आमाको बिँडो थाम्ने भइसकेकी अभिनेत्री पुत्रीहरुको बारेमा एक भारतीय समाचार संस्थाले समाचार प्रकाशित गरेको छ । जहाँ श्रीदेवी देखि काजोलसम्मको स्टार आमाकी सुन्दरी छोरीहरुको समाचार छ ।
१. श्रीदेवी
श्रीदेवीकी दुई छोरी छिन् । एउटी १९ वर्षकी भइन् भने अर्की भइन् १५ वर्षकी । उनीहरुको नाम जाह्रवी र खुशी हो । उनीहरु आमासँगै विभिन्न कार्यक्रमहरुमा हमेसा देखिने गरेको छ ।
२. काजोल
उनको १३ वर्षिया छोरीको नाम न्यासा देवगन हो । उनी अहिले स्कुल पढ्दै छिन् ।
३. ऐश्वर्या राय वच्चन
अभिनेता अभिषेक बच्चनसँग विवाह गरेकी ऐश्वर्या रायको ४ वर्षिया छोरी छिन् । हाल उनको छोरी कोकाबुरा लर्निङ सेन्टरमा पढ्दै छिन् ।
४. शिवांगी कपूरः
अभिनेत्री श्रद्धा कपूरकी आमा हुन् उनी । कुनै समयको चर्चित फिल्म बाजी र गुहागन जस्ता फिल्ममा अभिनय गरेकी शिवांगीको छोरी हाल बलिउडमा चर्चाकी शिखरमा छिन् ।
५. पूनम सिन्हाः
अभिनेता शत्रुध्न सिन्हा र सोनाक्षी सिन्हाकी आमा हुन् पूनम सिन्हा । आदमी और इन्सान, जिगरी दोस्त जस्ता फिल्ममा अभिनय गरेकी उनको छोरी हाल बलिउडमा बिकाउ अभिनेत्री मध्ये पर्छिन् ।
६. हेमा मालिनीः
कुनै जमानाकी सुपर हिट अभिनेत्री हुन् हेमा मालिनी । अभिनेता धर्मेन्द्रसँग विवाह बन्धनमा बाँडिएकी उनको परिवार नै बलिउड फिल्म उद्योगसँग जोडिएका छन् । उनकी छोरी ईशा देओल बलिउडमा कुनै समय जमेकी थिइन् । तर हाल उनले आफ्नो खास पहिचान बनाउन नसकेको देखिन्छ ।

चर्चित बलिउड अभिनेत्रीकी छोरीहरु, को के गर्दैछन् ? Reviewed by marumala srinu on 4:22 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.