Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

रसुवागढी नाकामा स्थानीयबासीको अवरोध

चीनबाट सामान आयात निर्यातमा समस्या
काठमाडौंः चीनको केरुङ नाकासँग जोडिएको प्रमुख व्यापारिक नाका रसुवागढीमा स्थानीयबासीले अवरोध गरेका छन् । 
 
टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाह निर्माणका लागि गर्न लागिएको जग्गा अधिग्रहणबारेमा आफूहरुको माग पूरा गर्नुपर्ने भन्दै रसुवागढी नाका र पासाङ ल्हामु राजमार्ग अवरोध गरिएको हो । 
 
सुख्खा बन्दरगाह बनाउन सरकाले अधिग्रहण गर्न लागेको आफ्नो साढे तीन हेक्टर जग्गाको साटो अर्को ठाउँमा जग्गा नै दिनुपर्ने तथा सकेसम्म सरकारी जग्गामै बन्दरगाह बनाउनुपर्ने माग गर्दै स्थानीयले रसुवागढी नाकामा अवरोध गरेका हुन् । 
 
स्थानीयको अवरोधपछि चीनतर्फबाट बिहीबार कुनै कन्टेनर रसुवागढी नाकामा आएका छैनन् भने यताबाट पनि चीनतर्फ कन्टेनरहरु गएका छैन । 
 
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले केही स्थानीयबासी रसुवागढी नाकामा पुगेपनि अवरोध भने नरहेको दाबी गरे । 
 
‘स्थानीयले गरेको बन्दको यहाँ कुनै प्रभाव छैन । यसअघिबाटै स्थानीयालाई हामीले वार्तामा बोलाएका हौं’, उनले सञ्चारमाध्यमलाई भने, ‘वार्तामा बोलाउँदा पनि कुरै नगरि स्थानीयबासी जाने गरेका छन् । यो समस्या समाधानका लागि शुक्रबार फेरि वार्तामा बोलाएका छौं ।’
 
स्थानीयले सकेसम्म सरकारी जग्गामै बन्दरगाह बनाउनुपर्ने अडान राखेका छन् । सरकारी जग्गाले नपुगेमा मात्रै जग्गा दिने अडान लिएका स्थानीयले सरकारबाट आफूहरुले जग्गाको साटो जग्गा नै पाउनुपर्ने बताएका छन् । 
 
नाकामा अवरोधपछि ठाउँ ठाउँमा सुरक्षाकर्मी खटाएर सुरक्षाव्यवस्थामा कडाइ गरिएको प्रजि अधिकारीको भनाइ थियो । 
 
प्रजिअ अधिकारीका अनुसार बिहान करिब ७० को संख्यामा नाका र सडक अवरोध गर्न पुगेका धेरै स्थानीय फर्किसकेका छन् । अहिले नाकामा करिब २५ जना स्थानीयबासी रहेको उनले बताए । 
 
सरकारले चीनबाट सामान आयात निर्यात गर्न पासाङ ल्हामु राजमार्ग नजिक टिमुरेमा सुख्खा बन्दरगाह बनाउने निर्णय गरिसकेको छ । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा दुई देशबीच सम्झौता पनि भइसकेको छ । 
 
जिल्ला प्रशासन कार्यालय रसुवाले २०७२ माघ १४ गते सूचना प्रकाशित गरेर सुख्खा बन्दरगाहका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको थियो । 
 
सरकारले अधिग्रहण गर्ने जग्गाको मूल्य नतोके पनि स्थानीयबासीले भने चलनचल्तीको भन्दा उच्च मूल्य आफूहरुलाई दिनुपर्ने अडान राखेका बताइएको छ । 

रसुवागढी नाकामा स्थानीयबासीको अवरोध Reviewed by marumala srinu on 4:27 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.