Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

देशभर १३ लाख हेक्टर वन क्षेत्रमा आगलागी-गर्मी र सुख्खा याममा वनलाई जोगाउँनै मुस्किल

कैलाली जिल्लामा लागेको डढेलोले करिव ५ हजार हेक्टर वन क्षेत्रका बोटविरुवा जलेर नष्ट भएका छन । दुई हप्तायता मात्रै झण्डै पाँच हजार हेक्टर वन क्षेत्रका बोट बिरुवा नष्ट भएको जिल्ला वन कार्यालय कैलालीले जनाएको छ ।

गर्मी बढ्दै जाँदा देखिएको खडेरी एवम् सुख्खा मौसम र दिउँसोको समयमा चल्ने हावाहुरीका कारण वनमा यस वर्ष डढेलोको समस्या बढि देखिन थालेको जिल्ला वन अधिकृत सिन्धुप्रसाद ढुङ्गानाले बताउनुभयो ।

डढेलोले सल्ला र सालको जंगलका भर्खर उम्रेका बोट बिरुवा नष्ट भएका छन् । जिल्लाको सहजपुर,निगाली,पण्डौन,सुगरखाल लगायतका चुरे पहाडका वन क्षेत्रका साथै तराईका चौमाला, मसुरिया क्षेत्रका बनमा लागेको डढेलो दुई दिनअघि भएको हल्का वर्षाले नियन्त्रणमा आएपनि गर्मी बढ्दै जाँदा चुरे क्षेत्रका कतिपय वनमा पुनः डढेलो लागेको जिल्ला वन अधिकृत ढुङ्गानाले बताउनुभयो । सन २०१३ मा कैलालीका वनमा आगलागी धेरै भएपनि सन् २०१४ र २०१५ मा भने केही मात्रामा कमि आएको थियो । तर पुनः यो वर्ष आगलागीको संख्या बढेको उहाँले बताउनुभयो ।

नेपालभरमा कुल १३ लाख हेक्टर वन क्षेत्रफलमा आगलागी भएकोमा अन्य जिल्लाको तुलनामा कैलालीमा भने कममात्रै वन क्षेत्रफलमा आगलागी भएको उहाँले बताउनुभयो । वन व्यवस्थापन हुननसक्दा वनमा आगलागी हुने क्रम बढदै गएको बताउदै ढुङ्गानाले त्यसका लागि आगलागीहुन नदिने उपायबारे प्रचारप्रचारको अभियान थालिएको बताउनुभयो ।

वनमा डढेलो लाग्न नदिनका लागि पतपतिङ्गरको व्यवस्थापन, झाडीको सरसफाई, र फायर लाईको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । कैलाली जिल्लामा २ लाख ३ हजार हेक्टर बन क्षेत्र रहेकोमा ४४ हजार वन क्षेत्र सामुदायिक वनका रुपमा स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिसकिएको छ ।


देशभर १३ लाख हेक्टर वन क्षेत्रमा आगलागी-गर्मी र सुख्खा याममा वनलाई जोगाउँनै मुस्किल Reviewed by marumala srinu on 7:36 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.