Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

हात्तिको दाराको मुल्य १०० लाख डलर

एजेन्सी । अफ्रिकामा हात्ति बचाउ अभियान सुरु भएको छ ।
अफ्रिकाका बिभिन्न राजिनितक दलका नेताहरुले हात्ति बचाउ कसरी गर्न सकिन्छ भनेर सम्मेलन गरेका छन ।
सम्मेलनको क्रममा केनियाका वन्यजन्तु महानिर्देशक केटली एमबाथीले हात्ती भन्दा ठुलो केही पनि छैन र हात्ती हाम्रो लािग मुल्यवान रहेको बताए ।
गत शताब्दीमा अफ्रिकामा रहेको हात्तीको संख्यामा ९० प्रतिशतले कमी आएको र विगत केही दशकमा अफ्रिकामा रहेको जनावर लोप हुने स्थित रहेको विज्ञहरुले बताएका छन् ।
सम्मेलन पछि ६ हजार ७ सय हात्तीको १ सय ५ टन भन्दा बढी दारा नष्ट गर्ने जनाएको छ ।
साथै १ दशमलव ३ टन गैडांको सीङ पनि नष्ट गरिने बताएको छ । नष्ट गरिएको हात्तीको दाँतको मुल्य १०० लाख डलर र गैडाको ८० लाख डलर पर्ने बताएको छ ।
अफ्रिकामा ५ लाख भन्दा बढी हात्तीको बसोबास गदै आएको र तीस हजार भन्दा बढी दाँतको लागि हरेक वर्ष मारिने गरेको पाईन्छ।
सम्मेलन केनियामा भएको हो । सम्मेलनले केनिया राष्टपति उहुरु केनैटाको नेतृत्वमा हात्तीको संरक्षणको लागि जाईन्टस क्लबको समेत स्थापना गरेका छन् ।
सम्मेलनमा युगान्ड,ग्याबोन राष्ट्का राष्ट्प्रमुखले पनि सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

हात्तिको दाराको मुल्य १०० लाख डलर Reviewed by marumala srinu on 6:09 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.