Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

डोनाल्ड ट्रम्पले १३ बर्षको उमेरमा मलाई बलात्कार गरे :केट जोनसन

एजेन्सी । रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार करिब पक्का गरेका डोनाल्ड ट्रम्पमाथि केट जोनसन नामकी एक महिलाले
बलात्कारको आरोप लगाएकी छन् ।
केटले सन् १९९४ मा आफू १३ वर्षकी हुँदा ट्रम्पले बलात्कार गरेको दाबी गरेकी छन् ।
त्यो बेला ट्रम्प र उनका अर्बपति साथीले मिलेर बलात्कार गरेको आरोप उनले लगाएकी हुन् । उनले आफूलाई दुबैले चार महिनासम्म बन्धक बनाएको पनि जिकिर गरेकी छन् ।
पीडित महिलाले एक सय मिलियन डलर अर्थात (१०५५ करोड) को मुद्दा पनि दर्ता गराएकी छन् । उता ट्रम्पले भने यी सबै आरोपलाई ठाडै इन्कार गर्दै राजनीतिक षड्यन्तत्रको संज्ञा दिएका छन् ।
पीडित महिलाले मंगलवार सेन्ट्रल डिस्ट्रिक्ट कोर्ट अफ क्यालिफोर्नियामा उजुरी दर्ता गराएकी छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार महिलाले आफ्नो नाम केट जोनसन भएको बताएकी छन् । उनले आफ्नो तर्फबाट वकिलको काम आफैंले गर्ने भएकी छन् ।
केटले दर्ता गरेको जाहेरीमा यो घटना १९९४ को जुनदेखि सेप्टेम्बरबीचमा भएको दाबी गरेकी छन् ।
पीडित महिलाले बताए अनुसार ट्रम्प र उनका अर्बपति साथी जेफ्री एप्सटाइनले मोडलिङमा करियर बनाइदिने आश्वासन दिएर आफ्नो यौन शोषण गरेको उल्लेख गरेकी छन् ।
उनले बताए अनुसार यी दुईजनाले आफूलाई धम्क्याउँद यौन शोषण गरेको पनि खुलासा गरेकी छन् ।
’मलाई एप्सटाइनको न्यूयोर्क्स्थित घरमा बोलाइन्थ्यो । त्यहाँ उनीहरु सेक्स पार्टी गर्थे’, उनले भनेकी छन्, ’यस पार्टीमा ट्रम्प पनि हुन्थे । ट्रम्पले कयौं पटक मेरो यौन शोषण गर्थे । एक पटक मलाई दुबैले यौनइच्छा पुरा गर्न चार महिनासम्म बन्धक बनाए राखे ।’
केटले ट्रम्पमाथि अरु गम्भीर आरोप पनि लगाएकी छन् । उनले ट्रम्पलाई आफूले पटक पटक सेक्स पार्टीमा पनि भेट्टाएको जिकिर गरेकी छन् । त्यही क्रममा ट्रम्पले आफूलाई बलात्कार गरेको उनको दाबी छ ।
उता ट्रम्पका साथी जेफ्री एप्सटाइनले यो आरोपलाई सरासर गलत भएको बताए । एप्सटाइनमाथि पहिले पनि यस्तो आरोप लाग्ने गरेको छ । बाल यौन शोषण गरेको अभियोगमा उनी दोषी ठहर भइसकेका छन् ।
यसबारेमा ट्रम्पले भने यो यो आरोपलाई राजनीतिक षड्यन्तत्रको संज्ञा दिँदै आफ्नो छबि खराब गर्न केटलाई प्रयोग गरिएको दाबी गरेका छन् । ट्रम्पले सञ्चारमाध्यमतर्फ आफूलाई चर्चित बनाउन केटले यस्तो गरेको बताए ।

डोनाल्ड ट्रम्पले १३ बर्षको उमेरमा मलाई बलात्कार गरे :केट जोनसन Reviewed by marumala srinu on 6:07 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.