हप्तामा दुई दिन मात्र काम गरेर सात दिनको तलब दिने सरकारको घोषणा
भेनेजुएलामा कर्मचारीले हप्ताको दुई दिन काम गरेर सात दिनकै तलब पाउने भएका छन् । भेनेजुएलमा उर्जा संकट भएपछि हप्ताको ५ दिन छुट्टी दिने घोषणा गरिएको हो । बिजुली उत्पादनमा कमी आएपछि सबै कार्यालय साप्ताहिक बिदा बाहेक पनि हप्तामा तीन दिन बन्द गर्ने निर्णय भएको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।
अब हप्ताको दुई दिन मात्र सरकारी कार्यालय खुल्नेछन् । यसअघि पनि राष्ट्रपति निकोशल मदुरोको सरकारले उर्जा संकटसँग लड्न दिनमा ६ घण्टामात्र काम गर्न निर्देशन दिएको थियो । यस्तै प्राथमिक विद्यालय पनि शुक्रबार बन्द गर्न निर्देशन दिइएको छ । पानी नपर्दा जलाशययुक्त विद्युत आयोजनाबाट उत्पादन घटेपछि भेनेजुवेलामा चरम उर्जा संकट भएको हो । उर्जा संकटकै कारण आर्थिक क्षेत्र पनि प्रभावित भएको छ । उज्यालोअनलाइनमा खबर छ |
हप्तामा दुई दिन मात्र काम गरेर सात दिनको तलब दिने सरकारको घोषणा
Reviewed by marumala srinu
on
5:11 PM
Rating:

No comments: