Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

जन्ती बस दुघर्टना, एकजनाको मृत्यु

धनकुटा–कोसी राजमार्ग अन्तर्गत धनकुटाको आत्मारामा बुधबार बस पल्टिँदा एक जनाको ज्यान गएको छ। आठ जना यात्रु घाइते भएका छन्। धनकुटाको अर्खौले जितपुरबाट सुनसरीको इटहरीको लागि जन्ती लिएर गइरहेको को १ ख २९३२ नम्बरको बस विहान ८ बजे पल्टिएको थियो।
ओभरटेक गर्ने मोटरसाईकललाई जोगाउन खोज्दा गाडी सडक किनारामा पल्टिएको गाडीमा यात्रा गरिरहेका घाइते टेकेन्द्र ओझाले बताए। उक्त दुघर्टनामा परी बस चालक धरान उपमहानगरपालिका–१५ का विजय लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी जन्ती हिडेका युवराज सुवेदी, यज्ञनिधि पौडेल, कृष्णप्रसाद पौडेल, पवित्रा ओझा, धिरेन्द्र मिश्र, योगेन्द्र खत्री, शेखर पौडेल, उमाकान्त पौडेल र टेकेन्द्र ओझा घाइते भएका छन्।
घाइते मध्ये कृष्णप्रसाद पौडेललको अवस्था गम्भिर रहेको छ। उनको टाउको र खट्टामा गम्भिर चोट लागेको छ। घाइते सवैको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक विमल बस्नेतले बताए । गाडीमा ५० जना भन्दा बढी यात्रु रहेको बताइएको छ।

जन्ती बस दुघर्टना, एकजनाको मृत्यु Reviewed by marumala srinu on 10:34 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.