पूर्वमा पानीको हाहाकार
विराटनगर-गर्मी बढेसँगै मुहान सुक्दा पूर्वी नेपालमा खानेपानी संकट गहिरिएको छ । मधेस–तराई क्षेत्रका चापाकल सुक्न थालेका छन् भने पहाडी क्षेत्रका कयौं बस्तीमा घरभन्दा निकै टाढाबाट खानेपानी ओसार्नेको ताँती देखिन थालेको छ । उत्तरी मोरङको टाँडी, याङशिला, भोगेटनीलगायत पहाडी बस्तीमा खानेपानी समस्या छ । गर्मीयाममा विराटनगरमै खानेपानीको समस्या हुन्छ ।
सुनसरी, धरान–२६ र बराहक्षेत्र गाविसका तीनवटा वडाका २ सय ९ घरले चारवटा मुहानको पानी एक ठाउँमा संकलन गरी १७ सय मिटर माथि डाँडामा पाइपमार्फत तानेर पुनः संकलन गर्छन् ।अनि, प्रत्येकको घरमा धारामार्फत वितरण गर्छन् । तर, लोडसेडिङ्का बेला पानी तानेर वितरण गर्न नसक्दा हाहाकार हुन्छ ।
'लोडसेडिङ् नहुँदा त गाउँमा पानी सहजै पुग्ने गर्छ, जब लोडसेडिङ् हुन्छ अनि समस्या,' समितिका अगुवा टपेन्द्र राईले भने । धरान उपमहानगरपालिकामा अहिले एसियाली विकाश बैंकको एक अर्ब ४८ करोड अनुदान तथा ऋणमा खानेपानी परियोजना सञ्चालित छ । यो योजना सन् २०१७ सम्म सक्ने लक्ष्य छ । योजना पूरा भएपछि खानेपानी संकट टर्नेछ ।
इटहरी उपमहानगरपालिकामा पनि थप नयाँ परियोजना नथालिए खानेपानी संकट गहिरिने छ । यहाँ बर्सेनि एक हजारभन्दा बढी घर थपिनेक्रम छ । ती घरका लागि पनि भएकाले नयाँ योजना आवश्यक छ ।
इटहरी साना सहरी तथा खानेपानी आयोजनाले ७० हजारभन्दा बढीलाई खानेपानी सेवा विस्तार गरेको छ । आयोजनाले थप तीन डिप बोरिङमार्फत पानी थप्ने योजना बनाएर काम अघि बढाएको छ । अहिले इटहरी २, ४ र ५ मा तीनवटा ट्यांकीमार्फत दैनिक ७५ लाख लिटर पानी तानेर धारामार्फत वितरण गरिएको छ ।
सुनसरीकै चुरे पहाडका फेदीमा पर्ने भरौल, बराहक्षेत्र, धरान उपमहानगरपालिका भित्र पर्ने विष्णपादुका र पाँचकन्या क्षेत्रका मुहान सुकेका छन् । भरौलमा थुप्रै ट्युबवेलबाट पानीको आपूर्ति हुने गरेकोमा अहिले ती सुकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, इटहरीले जनाएको छ ।
ट्युबवेल सुक्दा सास्ती
सप्तरीका आधा दर्जन बढी गाविसमा मुहान सुक्दै गएका छन् । ट्युबवेललगायत पानीका स्रोत सुकेपछि ती क्षेत्रका सर्वसाधारण काकाकुलको नियति भोग्न बाध्य छन् ।
पशुपालनका लागि उर्वर मानिएको बकधुवा गाविसको मोहनपुर र महुली क्षेत्रका अधिकांश ट्युबवेल सुकेका छन् । ट्युबवेलमा पानी नआउँदा सास्ती भएको किसानको गुनासो छ ।
तेरहौता ५ स्थित नयाँ बस्ती र मगर टोल, कल्याणपुरको मझाउ, औरहीको वथनाहा, पातोलगायत गाविसका बस्तीमा खानेपानी समस्या भएको स्थानीय बताउँछन् । खास गरी सप्तरीको उत्तरी भेगमा पर्ने चुरे छेउका बस्तीमा यो समस्या निकै जटिल बनेको छ ।
दशकदेखि खानेपानी पीडा झेल्दै आएका औरहीको बथनाहा टोलमा यतिबेला ट्युबवेल सुक्दा हाहाकार भएको स्थानीय बताउँछन् । ट्युबवेलमा पानी नआउँदा खानेपानी समस्या जटिल बन्दै गएको राजेश मण्डलको भनाइ छ । तीन सय परिवार बस्दै आएको बथनाहामा हाल पाँचवटा ट्युबवेलमा मात्र पानी आइरहेको मण्डल बताउँछन् । २ सय फिटभन्दा तल गाडिएका ट्युबवेलमा मात्र पानी आउने गरेको उनले बताए । आर्थिक रूपमा सबल केही परिवारले ४० हजार रुपैयाँ लगानी गरी दुई सय फिटभन्दा तल ट्युबवेल जडान गरेका छन् । 'त्यत्तिकै पानी आएको होइन । ट्युबवेलमा ३५ हजार रुपैयाँ खर्च गरेको छु,' स्थानीय रामसुन्दर मण्डलले भने,' '२ सय फिटभन्दा तलबाट पानी झिक्न दुइटा हेड जोड्नुपरेको छ ।'
गहिरो ठाउँमा ४० फिट खन्दा पानी आए पनि खानलायक नरहेको स्थानीयको भनाइ छ । पानीमा आइरन मात्रा अत्यधिक भएकाले गनाउने सञ्जय मण्डल बताउँछन् । मण्डल भन्छन्, 'त्यो पानी खान गाईबस्तुसमेत अघि सर्दैनन् ।'
२०१७ सम्म लक्ष्य पूरा नहुने
सरकारले सन् २०१७ सम्म सबै नेपालीलाई खानेपानी तथा सरसफाइ पुर्याउने लक्ष्य राखे पनि इलाममा भने यो लक्ष्य पूरा नहुने देखिएको छ । दर्जनौं गाउँमा खानेपानी अभाव टार्न बर्सेनि आउने बजेटले छेवै नपुगेपछि तोकिएको समयमा तोकिएको लक्ष्य पूरा नहुने अवस्था आएको हो ।
जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअनुसार केही गाउँमा खानेपानी आयोजना निर्माणाधीन छन् तर बर्सेनि खानेपानी तथा सरसफाइमा आउने बजेट ती आयोजनामा बाँड्दा 'कनिका छराइ' मात्र छ ।
कार्यालयका इन्जिनियर विनोद योञ्जनले अहिले विभिन्न गाउँमा ३२ खानेपनी आयोजना निर्माणाधीन रहेको बताए । तर कनिका छर्ने खालको बजेट आए सन् २०१७ को अन्त्यसम्म ५ देखि ७ आयोजना मात्रै पूरा हुनेछन् । डिभिजनका अनुसार ३२ वटै आयोजना निर्माण भइसक्दा पनि जिल्लामा खानेपानी अभाव भने हट्नेछैन । नयाँ आयोजनाका लागि विभागबाट सुरुमा ५ लाख रुपैयाँ मात्र आउँछ । अर्काे वर्ष 'राम्रो' बजेट आए १५ लाखसम्म हुन्छ ।
मंगलबारे, शान्तिडाँडा, चुलाचुली, महमाई, माबु, बरबोटे, दानाबारी, चमैता, जोगमाईलगायत गाउँमा आयोजना बन्दैछन् । यी आयोजाको लागत अनुमान १ अर्ब ३७ करोड रुपैयाँ छ । त्यसमध्ये साढे ६ करोड रुपैयाँ मात्रै आएको छ । डिभिजनप्रमुख पदम कुँवरले भने, 'करिब डेढ अर्ब आवश्यक ठाउँमा साढे ६ करोड रुपैयाँ मात्रै आयो । 'यही गतिमा बजेट आउने हो भने जिल्लावासीलाई खानेपानी पुर्याउन दशकभन्दा बढी लाग्छ ।'
सन् २०१५ सम्म विश्वको ५० प्रतिशत जनसंख्यालाई खानेपानी पुर्याउने अन्तर्राष्ट्रिय लक्ष्य थियो । नेपालले भने २ वर्ष थपेर ०१७ सम्म शतप्रतिशतलाई खानेपानी पुर्याउने लक्ष्य राखेको छ ।
डिभिजनअनुसार अहिले जिल्लाको ७८.४ प्रतिशत जनसंख्यालाई खानेपानीको सुविधा छ ।
दर्जनौं बस्ती संकटमा
धनकुटाका एक दर्जनभन्दा बढी गाविसमा खानेपानी संकट देखिएको छ । जिल्ला विकास समिति र खानेपानी तथा ढल निकास विभाग क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा आएको मागका आधारमा कुरुलेतेनुपा, बोधे, फाक्सिव, बूढीमोरङ, छिन्ताङ, खोकु, आँखिसल्ला, तेलिया, मुगा, फलाटे, बेलहरा, लेगुवा, घोर्लीखर्क र आहाले गाविसमा खानेपानीको चरम संकट छ । यी गाविसका उच्च भेगका बासिन्दाले घन्टौं लगाएर पानीको जोहो गर्नुपर्ने अवस्था रहेको स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले बताए ।
प्राकृतिक कुवा सुक्न थालेका छन् । खोलाखोल्सीको जरुवा पानी
पूर्वमा पानीको हाहाकार
Reviewed by marumala srinu
on
9:53 PM
Rating:

No comments: