बागबजारमा भीषण आगलागी, आगो निभाउँदा ५ सुरक्षाकर्मी घाइते
डोटी, १७ वैशाख । डडेल्धुराको बागबजारमा ग्याँस सिलिण्डर पड्किएर भीषण आगलागी भैरहेको छ । बागबजारको तल्लो क्षेत्रमा बिहान साढे ७ बजेतिर लागेको आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । आगो अहिले पनि नियन्त्रणमा आउन सकेको छैन ।
त्यस आसपासका दुई वटा पसल जलेर नष्ट भएका छन् । अरु पसलमा पनि आगो सल्किसकेको छ । आगो फैलिरहेको भए पनि पानी अभावका कारण निभाउन समस्या भएको डडेल्धुराबाट पत्रकार गणेश ठगुन्नाले जानकारी दिएका छन् ।
अमरगढी नगरपालिकासँग एउटा मात्रै दमकल भएको र त्यो पनि तयारी अवस्थामा नभएकाले आगो निभाउन समस्या भएको हो । छिमेकी जिल्ला डोटी र बैतडीबाट पठाइएको दमकल प्रभावित क्षेत्रमा पुग्न अझै एक घण्टाजति लाग्ने बताईएको छ ।
अहिले स्थानीय बासिन्दाले अग्नीरेखा बनाएर आगो निभाउने प्रयास गरिरहेका छन् । आगोका कारण बजार क्षेत्रमा रहेको ग्याँस सिलिण्डर पनि पड्कन थालेकोले नजिकै रहेको बैंकमा पनि आगो सल्कने डरले अहिले डोजरले बैंक अगाडिका पसल तथा बाटो भत्काउन थालेको छ ।
अहिले आगो नियन्त्रणमा आउन नसकेका कारण क्षेतीको यकिन विवरण आउन सकेको छैन ।
यसअघि २०७१ साल पुस १९ गते पनि बागबजारमा भीषण आगलागी भएको थियो । बागबजारको माथिल्लो क्षेत्रमा आगो लाग्दा त्यतिबेला करौडौं रुपैंयाको क्षति भएको थियो
बागबजारमा भीषण आगलागी, आगो निभाउँदा ५ सुरक्षाकर्मी घाइते
Reviewed by marumala srinu
on
10:12 PM
Rating:

No comments: