लोकमान सिंहको सम्पति विवरण सार्वजनिक गर्न माग गर्दै अख्तियारमा पुन: निवेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै अख्तियारमा पुन: निवेदन परेको छ। यसअघि दर्ता गरेको निवजेदनमाथि अख्तियारले कारबाही नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियान, नेपालका सुमन श्रेष्ठले आइतबार पुन: निवेदन दर्ता गराएका हुन् । श्रेष्ठले तीन साताअघि कार्कीको सम्पत्ति विवरण सार्वजनिक माग गर्दै अख्तियारमा निवेदन दिएका थिए।
पत्रकार कनकमणी दिक्षितलाई पक्राउ गरेपछि विवादित बनेकै बेला कार्कीमाथि सम्पत्ति विवरण सार्वजनिक नगरेको आरोप श्रेष्ठले लगाएका हुन्। पुन: निवेदन दिएपछि प्रेस विज्ञप्ति सार्वजनिक गर्दै श्रेष्ठले भनेका छन्, ' प्रमुख आयुक्त सम्मानित श्री लोकमान कार्कीज्यूको सम्पति विवरण सार्वजनिक गर्न माग गर्दै अख्तियारमै दिएको निवेदन उपर झन्डै ३ हप्ताको समयसम्म पनि अख्तियारले देखाएको मौनताले भ्रस्टाचार निवारणप्रति अख्तियार प्रमुखको चरित्रमा गम्भीर शंका उत्पन्न गरेको छ।'
उनले लेखेका छन्, 'नेपालमा दिनप्रतिदिन भ्रस्टाचार र बेथितिले जरा गाडिरहेको छ तर भ्रस्टाचार निवारणको लागि स्थापित संस्था आफैंमा दिनप्रतिदिन अपारदर्शी र गैह्र जिम्मेवारी तवरले चल्नु तथा आफ्नो कार्यक्षेत्र बाहिर हस्तक्षेप गर्दै विवादमा परिरहनु हामी सर्वसाधारण नागरिकको लागि चिन्ताको बिषय हो।'
Reviewed by marumala srinu
on
7:18 PM
Rating:

No comments: