Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

‘सिरियामा थप २५० अमेरिकी सेना पठाइने’


Image copyrightreuters

अमेरिकी अधिकारीहरुले तथाकथित इस्लामिक स्टेटसँग लडाइँ गरिरहेका स्थानीय लडाकुहरुलाई सघाउनका निम्ति राष्ट्रपति बराक ओबामाले सिरियामा थप साढे दुई सय सैनिक पठाउन लागेको बताएका छन्।

अधिकारीहरुले भनेका छन्, अमेरिकी सेना पठाउनुको मुख्य उद्देश्य सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेका कुर्दिश लडाकुहरुलाई अरु सुन्नी अरबहरुले पनि सघाउन् भन्ने हो।

सिरिया पठाइने अमेरिकी सैनिकहरु चाहिँ युद्धको भूमिकामा हुनेछैनन्।

योसँगै सिरियामा खटिने अमेरिकी सेनाको संख्या ३०० पुग्नेछ।

विस्तार

Image copyrightAP

बीबीसीकी लउरा बिकरका अनुसार सिरियामा सेना पठाउन नमानिरहेका राष्ट्रपतिबाट अमेरिकी सेनाको संख्यामा यो महत्वपूर्ण विस्तार हो।

इस्लामिक स्टेटविरुद्धको लडाइँमा सघाउन गत वर्ष अमेरिकाले विशेष कारवाही दलका ५० जना सदस्यलाई सिरिया पठाइएको थियो।

यसअघि जर्मन चान्सलर एंगेला मर्केलले शरणार्थीहरुलाई जोगाउन सिरियामा द्वन्द्वरत पक्षलाई एउटा सुरक्षित क्षेत्र कायम गर्न आग्रह गरेकी थिइन्।

यसैबीच, सिरियाको एलेप्पोमा लडाइँ चर्किने क्रम जारी छ।

सरकारी फौजको हवाई आक्रमण र विद्रोहीहरुको घेराबन्दीका क्रममा कम्तीमा २६ जना मानिसहरुको ज्यान गएको छ।


‘सिरियामा थप २५० अमेरिकी सेना पठाइने’ Reviewed by marumala srinu on 7:21 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.