क्रिकेट हेर्न प्रधानमन्त्री कीर्तिपुर मैदान
प्रधामन्त्री केपी शर्मा ओली विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियाविरुद्धको नेपालको दोस्रो खेल हेर्न त्रिवि क्रिकेट मैदान पुग्नु भएको छ ।
पहिलो खेलमा अनुपस्थित भएका प्रधानमन्त्री ओली सोमबार नामिवियाविरुद्धको दोस्रो खेल हेर्न कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुग्नु भएको हो । उहाँ क्रिकेट मैदान पुगेर नेपाली टोलीका खेलाडीहरुसँग हात मिलाउँदै जितका लागि शुभकामना समेत दिनुभयो ।
प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि त्रिवि क्रिकेट मैदान पुग्नु भएको छ ।
यसअघि शनिवार भएको खेल हेर्न उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुग्नु भएको थियो ।
क्रिकेट हेर्न प्रधानमन्त्री कीर्तिपुर मैदान
Reviewed by marumala srinu
on
9:53 PM
Rating:

No comments: