Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

थाइल्यान्डको पूर्व प्रधानमन्त्रीको मृत्यु

बैंकक– थाइल्यान्डका पूर्व प्रधानमन्त्री बानहार्न सिल्पा आचाको शनिबार मृत्यु भएको छ । उनको ८३ वर्षको उमेरमा दमको रोगबाट मृत्यु भएको बताइएको छ ।

बानहार्न सिरीराज अस्पतालमा गत बिहीबारबाट भर्ना भएका थिए । उनको पूर्वमन्त्री परिषद्को सदस्य कन्चाना सिल्पा आचासहित तीन सन्तान छन् ।

सन् १९९५ मा भएको निर्वाचनमा बानहार्न थाइल्यान्डको २१ औँ प्रधानमन्त्रीमा नियुक्त भएका थिए । बैंककबाट करिब १ सय किलोमिटर उत्तरपश्चिममा पर्ने सुपानबुरी प्रान्तमा उनको निवास रहेको बताइएको छ ।

उनले सन् १९९५ मा चार्ट थाई पार्टीको तर्फबाट प्रधानमन्त्रीको पदमा विजय हासिल गरेका थिए । चार्ट थाई पार्टीको पछि नाम परिवर्तन भएर चार्ट थाई पत्तानाको नामबाट चिनिन्न थाल्यो । सुपानबुरीमा यो पार्टीको बलियो प्रभाव रहेको बताइन्छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।



थाइल्यान्डको पूर्व प्रधानमन्त्रीको मृत्यु Reviewed by marumala srinu on 5:39 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.