Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बालाजुको बाइसधारामा आज मेला

काठमाडौँ – बालाजुको बाइसधारामा आज विशेष मेला लागेको छ । प्रत्येक वर्ष वैशाख महिनामा लाग्ने मेला भर्न काठमाडौँँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट समेत मानिस आउने गर्दछन् ।

त्यहाँ पार्कभित्र रहेको बाइसधारामा स्नान गरी पवित्र भई त्यहाँको नारायणमन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने गर्दछन् । बालाजुको उक्त क्षेत्रमा स्थानीय फितलामाई भजनमण्डलको अगुवाइमा भजनकीर्तनसमेत भइरहेको देख्न पाइन्छ । आजको दिन उक्त स्थानमा मेला भरेमा रोगब्याधीबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास छ ।

स्थानीयवासी एवम् नेकपा (एमाले)का नेता वसन्त मानन्धरले विगतमा त्यहाँको बाइसै धाराबाट पानी आउने गरेकोमा अहिले पानीको स्रोत सुक्दै गएकाले भक्तजनलाई स्नान गर्न समस्या रहेको बताए। उएले त्यस क्षेत्रमा रहेको नारायणमन्दिरको संरक्षण तथा मेलाको प्रचार गर्न जरुरी रहेको औँल्याए ।

त्यसैगरी, स्थानीय म्हँैपी मन्दिरमा अजिमाको समेत आज जात्रा गरिएको छ । उक्त जात्राका लागि ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता भएको छ ।



बालाजुको बाइसधारामा आज मेला Reviewed by marumala srinu on 11:04 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.