थाहा पाउनुस्, पुरुषलाई विवाहित महिलाहरु किन आकर्षक लाग्छन् ?
भनिन्छ, विवाहपछि महिलाको सौन्दर्यमा निखार आउछ । कयौं अध्ययनमा पुरुषहरुले पनि विवाहित महिला आकर्षक महसुस गर्ने बताउने गरेका छन् । थाहा पाउनुस् विवाहित महिलाहरु पुरुषका लागि किन आकर्षक हुन्छन् :
१. आत्मविश्वासी हुन्छन् : आखिर किन यस्तो हुन्छ त ? विशेषज्ञका अनुसार यसका थुप्रै कारण हुन्छन् । विवाहपछि महिलाहरु अविवाहितको तुलनामा बढी आत्मविश्वासी हुन्छन् । जसका कारण उनीहरु पुरुषलाई आकर्षिक गर्न सफल हुन्छन् । जानेर, नजानेर उनीहरु आफूप्रति आकर्षण पैदा गर्छन् । विवाहित महिलाहरु पुरुषको मनोविज्ञान निकै राम्ररी बुझ्न सक्छन् र उनीहरुको भावनात्मक आवश्यकताका हिसाबले काम गर्छन् ।
२. सुन्दर देखिन्छन् : प्रकृतिको नियम नै हो, जुन चिजप्रति मानिसको बढी आकर्षण हुन्छ, त्यो चिज सजिलै प्राप्त हुँदैंन । पुरुषको मामलामा विवाहित महिलाहरु उनीहरुका लागि यस्तै स्थिति पैदा गर्छन् । यस्तो अवस्थामा पुरुषलाई विवाहित महिलाको सुन्दरता बढी देखिन थाल्छ । यसका अलावा पूर्वीय संस्कारमा विवाहित महिलाहरु अविवाहितको तुलनामा शरीर प्रदर्शनमा विश्वास पनि गर्दैनन् । यसले पनि विवाहित महिलाहरु पुरुषहरुको आकर्षणको विषय बन्छन् ।
३. स्वच्छ स्वभावका हुन्छन् : महिलाहरु विवाहपछि आफ्नो हेरविचार बढी गर्ने हुन्छन् । यसका साथै आफूलाई ठीकसंग मेन्टेन पनि गर्छन् । विभिन्न काम उनीहरुको स्वभावको हिस्सा बन्छन् । यसका अलावा कुरालाई नघुमाई सिधा भन्ने खालका हुन्छन् । यही स्वभाव पुरुषलाई मन पर्छ ।
४. हार्मोनमा परिवर्तन हुन्छ : विवाहपछि महिलामा हार्मोनल परिवर्तन आउछ । उनीहरुको छालामा निखार आउछ । यसका साथै मानसिक रुपमा पनि महिलाहरु विवाहपछि खुशी देखिन्छन् र उनीहरुमा चमक देखिन्छ । सबैभन्दा बढी पुरुष आकर्षिक हुने कारण यो हो ।
थाहा पाउनुस्, पुरुषलाई विवाहित महिलाहरु किन आकर्षक लाग्छन् ?
Reviewed by marumala srinu
on
11:12 PM
Rating:
No comments: