Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

चर्चित बलिउड अभिनेत्री लागु औषध तस्करमा संलग्न


बैशाख १६ 
मुम्बइ-कुनै बेला बलिउडमा तहल्का जमाउन सफल बलिउड अभिनेत्री ममता कुलकर्णी एकपटक फेरि चर्चामा छिन्। यो चर्चा उनले अभिनय गरेको कुनै नयाँ फिल्म सार्वजनिक भएर होइन, बरु उनी लागु पदार्थ तस्करीमा सहभागी भएर हो।
भारतीय संचारमाध्यमका अनुसार ममता यतिबेला आफ्ना पतिसँग लागु औषधको तस्करीमा संगल्न छिन्। पुणे प्रहरीका अनुसार गत महिना बरामद गरिएको २० टन एफेड्राइन ड्रग्स स्मलिंग काण्डमा ममताको मुख्य भूमिका थियो भने उनका पति विकी गोस्वामी त्यसको मुख्य योजनाकार हुन्। गोस्वामी केन्यामा बस्दै आएका छन्। यसअघि पनि उनको नाम लागु औषध तस्करीमा जोडिएर आउने गरेको थियो।
१९९७ मा गोस्वामी दुवईमा लागु औषध तस्करी प्रकरणमा पक्राउ परेका थिए। उनले दुवईमा १५ वर्षसम्म जेल जिवनसमेत विताएका छन्। दुवई जेलबाट छुटेपटि उनी ममतासँग केन्याको राजधानी नैरोबीमा बस्दै आएका छन्। केन्यामा पनि उनी विरुद्ध कयौं मुद्दा चलिरहेको भारतीय संचारमध्यमले उल्लेख गरेका छन्। लागु औषध तस्करी प्रकरणमा गोस्वामी अमेरिका र ठाणे पुलिसको खोजीमा छन्।
ठाणे पुलिस प्रमुख परमबीर सिंहले गोस्वामीको लागु औषध कारोबारीको अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्ध रहेको बताए। अहिले ममता पनि केन्यामै रहेको अनुमान गरिएको छ। इन्टरपोटको त्रासका कारण गोस्वामी केन्यामा गएका थिए, तर ममता दुवई, अमेरिका, सिंगापुर र दक्षिण अफ्रिकाका ग्राहकसँग भेटघाट गर्ने गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। ममता महाराष्ट्रको ड्रग्स डिलिंग नेटवर्कमा पनि सहभागी भएको बताइएको छ।
विकी गोस्वामी बैंकको कारोबारमा ममताको नाम प्रयोग गर्थे। ममता र विकी ड्रग्स डिलिंगबाट प्राप्त रकमको व्यवस्थापन गर्ने गरेका छन्।- Nagarik News


चर्चित बलिउड अभिनेत्री लागु औषध तस्करमा संलग्न Reviewed by marumala srinu on 1:28 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.