Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

माथिल्लो मादी प्रसारण लाइनलाई आज बसबारमा जडान गरिने

पच्चिस मेगावाटको माथिल्लो मादी जलविद्युत् आयोजनाको प्रसारण लाइनलाई आज लेखनाथ सव स्टेसनको १३२ केभी बसबारमा जडान गरिने भएको छ। 
 
यसै वर्ष काम सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको प्रसारण लाइनलाई बसबारमा जडान गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड शाखाका प्रमुख जगदिश शर्मा पौडेलले जानकारी दिए। जडान कार्यका लागि आज बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म लेखनाथ र पोखरा सव स्टेसनबाट विद्युत् प्रसारण हुने सम्पूर्ण क्षेत्रमा आपूर्ति बन्द हुने छ। 
 
जडान कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति पुनःसंचालन गरिने शाखाले जनाएको छ। रासस 

माथिल्लो मादी प्रसारण लाइनलाई आज बसबारमा जडान गरिने Reviewed by marumala srinu on 3:05 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.