Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बुद्ध जयन्तीमनाउन एक करोड रुपैयाँ विनियोजन मुन मोदी चिनियाँ राष्ट्रपति आउने

वैसाख -शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मनाइने २५६० औँ अन्तराष्ट्रिय बुद्ध जयन्तीको तयारी तिव्र रुपमा भइरहेको छ ।
बुद्ध जयन्तीका लागि लुम्बिनी विकास कोषबाट एक करोड रुपैयाँ विनियोजन भएको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तमाङले बताएका छन् ।
यो रकम लुम्बिनीमा मनाइने बुद्ध जयन्तीको लागि मात्र हो तामाङले बुधबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा भने काठमाडौंमा हुने बौद्धको सम्मेलनको खर्च यसमा समावेश गरिएको छैन, त्यो नेपाल सरकारले व्यहोर्नेछ ।
विगतभन्दा फरक तरिकाले बुद्ध जयन्ती मनाउन गइरहेको हुँदा विगतमा भन्दा बढी रकम विनियोजन भएको उनले बताए । विगतमा बुद्ध जयन्तीमा २५-३० लाख रुपैयाँ मात्रै खर्च हुने गर्दथ्यो ।
बुधवार लुम्बिनी विकास कोषले लुम्बिनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव तामाङले बुद्ध जयन्तीका लागि विभिन्न समितिहरु गठित भइसकेको बताउँदै सबै समितिले आ आफ्नो काम तिव्र रुपमा गरिरहेको बताए ।
अगामी जेठ ८ गते मनाइने बुद्ध जयन्तीका लागि लुम्बिनी क्षेत्रमा सरसफाइ, रंगरोगन लगायतका कामहरु तिव्र रुपमा भइरहेको कोषले जनाएको छ ।
कोषले दिएको जानकारी अनुसार बुद्ध जयन्तीमा सहभागी हुनका लागि संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति लगायतका साथै युरोप र एशियाका गरी २२ वटा देशका संस्कृति मन्त्रीलाई समेत निमन्त्रणा गरिएको छ । तर, उनीहरु आउने वा नआउने निश्चित छैन ।
जेठ ६ र ७ गते बौद्ध सम्मेलन काठमाडौंमा हुने छ भने ८ गते विभिन्न कार्यक्रमको आयोजना गरी लुम्बिनीमा बुद्ध जयन्ती मनाइने छ ।
कोषले बुद्ध जयन्तीमा लुम्बिनी आउने पाहुनाहरुलाई लुम्बिनीका साथै बुद्धसँग सम्बन्धित तिलौराकोट, देवदह र रामग्राम पनि अवलोकन गराइने बताएको छ । सदस्य सचिव तामाङका अनुसार लुम्बिनी आउने पाहुनाहरु जेठ ८ गते बुद्ध जयन्तीमा सहभागी हुने, जेठ ९ गते कपिलवस्तुको तिलौराकोट, जेठ १० र ११ गते रुपन्देहीको देवदह र नवलपरासीको रामग्राम अवलोकन गराइने छ ।

बुद्ध जयन्तीमनाउन एक करोड रुपैयाँ विनियोजन मुन मोदी चिनियाँ राष्ट्रपति आउने Reviewed by marumala srinu on 4:57 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.