Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

देउवाको दिल्ली रणनीति तय गर्ने २ पात्र देउवा अघि नै दिल्लीमा

नेपाल राजनीतिमा यतिखेर महत्वका साथ हेरिएका पात्र हुन् कांग्रेस सभापति शेरबहादुर देउवा । कोइराला परिवारको राजनीतिक विरासतलाई तोडेर कांग्रेसमा उदाएका देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उत्तराधिकारीकोरुपमा हेर्न थालिसकिएको छ । यही बेला देउवा दिल्लीमा छन् ।

तर, उनको दिल्ली यात्रालाई पारिवारिक भनिएको छ । किनकी श्रीमति आरजु राणा देउवाको ‘हिप ज्वाइन्ट रिप्प्लेसमेन्टको अपरेशन हुँदैछ । तर, बिरामी देउवा उपचार गराउने श्रीमतीसँगै दिल्लीको गुंडगावमा रहेको अस्पतालमा पुगेनन् । श्रीमति दुई दिन अघि र देउवा दुई दिनपछि दिल्ली पुगेका हुन् । देउवाको दिल्ली यात्रलाई उनी निकटका नेताहरु नितान्त पारिवारिक भन्दै राजनीतिक भेटघाटलाई लुकाउने गरी प्रतिक्रिया दिइरहेका छन् ।

Deuwa with Ranjit Ray

तर, मंगलबार आरजुको अप्रेसन भएपछि देउवाले राजनीतिक भेटघाट पनि गर्ने तयारी रहेको कांग्रेस स्रोतको दाबी छ । ‘श्रीमतीको हिपको अप्रेसनको लागि भन्दै सभापतिजी दिल्ली पुग्नुभएको छ, भन्नलाई पोलिटिकल भ्रमण होइन भनिएको छ’ कांग्रेस निकट स्रोतको दाबी छ, ‘भर्खरै सभापति जित्नुभएको छ, संसदीय दलको नेतामा निर्वाचित हुनुभयो यस्तो बेलामा छिमेकी देशसँगको सम्बन्ध पनि सुदृढ बनाउनैपर्ने भएकोले केही राजनीतिक भेटघाट पनि हुने तयारी छ ।’

शेरबहादुर देउवाको सत्ता रणनीतिः ओली सरकार ढाल्ने ४ स्टेप

ओली सरकार ढाल्न दिल्लीमा भेला

औपचारिक भन्दा पनि अनौपचारिक रुपमा देउवाले भाजपाका अध्यक्ष अमित शाह र गृहमन्त्री राजनारायण सिंहसँग भने भेट्दै छन् । ‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै भेट्ने भन्ने त कार्यक्रम बनिसकेको छैन’ कांग्रेस स्रोत देउवाको दिल्ली बसाइबारे भन्छ, ‘अमित शाह र राजनाथ सिंहसँग भने भेट हुन्छ ।’ मंगलबार अपरेसन भएपछि बुधबार र बिहीबार देउवाले राजनीतिक भेटघाट गर्दैछन् । यी बाहेकका नेताहरुसँग पनि भेटघाट गर्ने पनि भारतमा देउवाले भेटघाट गर्दैछन् ।

तर, देउवाका नेपाल सहयोगी पूर्णबहादुर खड्का, विमलेन्द्र निधि र प्रकाशशरण महतसहितका नेताहरु पनि देउवाको राजनीतिक भेटघाट नहुने जिकिर गरिरहेका छन् । तर, वास्तविकता यस्तो मात्र छैन । देउवाको भ्रमण अघि नै केही नेताहरु देउवाको दिल्ली भ्रमणलाई सफल बनाउन त्यस अघि नै पुगेका थिए ।

अमरेशको चकचकी
आफूलाई भारतको नजिक ठान्ने र नेपाल–भारत सम्पर्क सूत्रको काम गर्दै आएको दाबी गर्ने अमरेश कुमार अहिले देउवा क्याम्पमा पुगेका छन् । पहिले संस्थापनमा भए पनि देउवा शक्तिशाली हुँदै जान थालेपछि क्याम्प परिवर्तन गर्दै उनी देउवातिर खुलेरै लागेका थिए ।

amaresh-shingh


महाधिवेशन र संसदीय दलको नेता चुनावमा सिंह देउवाको पक्षमा मरिमेटेर लागेका थिए । सभापतिको निर्वाचन भएपछि मतगणना हुँदा सिंह निरन्तर मतगणना स्थलमा समेत उपस्थित थिए ।
देउवा दिल्ली जानुभन्दा अगाडि नै सिंह दिल्ली पुगेका थिए । उपचारको लागि देउवा दिल्ली जानु अघि नै अमरेश दिल्ली जानुलाई धेरै नै महत्वका साथ हेरिएको ‘अमरेशकुमार सिंह देउवाको दिल्ली भ्रमण अघि नै दिल्ली पुग्नुभएको थियो’ आफूहरु नै अचम्म परेको भन्दै कांग्रेसका एक नेता भन्छन्, ‘अमरेशलाई पहिले पनि नेपाल र भारतबीचको राजनीतिक सम्बन्धमा एक जना खेलाडी पात्रका रुपमा लिइन्थ्यो’ कांग्रेस निकट स्रोत भन्छ, ‘देउवा निर्वाचित भएपछि पनि उनको जगजगी रोकिएको छैन । देउवा जानु अघि नै उनी दिल्ली किन गएका छन् अचम्म मानेका छौं ।’

भारतसँगको सम्बन्ध र पहुँच देखाउनकै लागि सिंह यतिखेर दिल्ली पुगेको चर्चा कांग्रेस वृत्तमा नै छ । सिंहले देउवालाई प्रधानमन्त्री बनाउन लबिङ गरेको आफूले हो भन्ने सन्देश दिन खोजेको कांग्रेस नेता बताउँछन् ।

‘पहिलेदेखिको सम्बन्ध,प्रभाव, पहुँच देखाएर म नै खेलाडी हुँ भन्दै सिंह यतिखेर देउवाभन्दा अघि भारतमा पुगेका छन’ ती नेता भन्छन्, ‘देउवालाई प्रधानमन्त्री बनाइदिन्छु जस्तै गरी उनी आफूलाई सक्रिय बनाइरहेका छन् ।’

तर, देउवाले सरकार बनाउने आफ्नो प्राथमिकता नभएको जस्तो गरी भाषण गरिहेका छन् । तर, बिस्तारै सरकारका लागि सम्पर्क सुत्रमार्फत तयारी गरिरहेका छन् । देउवाले सँगै आफू नै अबको विकल्पको लागि अघि बढेको पनि सन्देश दिइरहेका छन् ।

खुमबहादुर पनि दिल्लीमै
देउवाका अर्का प्रमुख सहयोग हुन् खुमबहादुर खड्का । उनी पनि देउवाको भ्रमण अघि नै दिल्लीमा पुगेका थिए । हिन्दु राष्ट्र नेपाल फर्काउनका लागि खड्का सबैभन्दा सक्रिय छन् । हिन्दु राष्ट्रकै पक्षमा भारतीय जनता पार्टी, यही पार्टीबाट प्रधानमन्त्री नरेन्द्र मोदीको पनि जोड छ । यस्तोमा देउवाले यही पार्टीका दुई नेतालाई पनि भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ । देउवालाई यस अघि हिन्दु राज्यको पक्षमा उभिए जस्तोसुकै सहयोग गर्न सकिने सन्देश पठाइसकेको छ । यो सन्देश भारतले एमाओवादी अध्यक्ष प्रचण्डसमक्ष पनि पुर्याएको छ ।

khum-bahadur-khadka1


छिट्टै प्रधानमन्त्री हुने दाउमा देउवाले यस्तो प्रस्ताव आउदा स्वीकार्न पनि सक्नेछन् । तर, सजिलो भने छैन । किनकी अबको सत्ता समीकरण एमाओवादीविना सम्भव छैन । किनकी गठबन्धन टुट्दा एमाओवादीले कांग्रेसलाई समर्थन नगर्दा देउवाको प्रधानमन्त्री हुने बाटो बन्द हुन्छ । त्यसैले देउवालाई भारतको प्रस्ताव मानिहाल्न सहज छैन ।

ओली सरकार ढाल्न दिल्लीमा भेला
देउवाले दिल्ली भ्रमणमा जानु अघि आन्दोलन गर्ने मधेस केन्द्रित दलका सबै अध्यक्षलाई बोलाएर सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गराएका थिए । केपी ओली सरकार नाकाबन्दी खुलेपछि पनि आपूर्ति व्यवस्थापन गर्न, कालोबजारी रोक्न र भूकम्पपछिको पुनर्निर्माणमा लाचार रहेको भन्दै अब तीव्र विरोधका उत्रिन निर्णयमा पुगेका थिए । अब छिट्टै तयारी भई आउने बजेट र बस्ने संसदमा मोर्चाबन्दी गरेर सरकारलाई अप्ठ्यारो पार्ने दुई पक्षको तयारी छ । देउवाले पदाधिकारीसहित संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावनासहितका पाटी प्रमुखलाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका थिए । भारतबाट फर्केपछि सरकारविरुद्ध मोर्चाबन्दी कसरी गर्ने भन्नेमा फेरि बैठक गर्ने तयारी देउवाहरुको छ

देउवाको दिल्ली रणनीति तय गर्ने २ पात्र देउवा अघि नै दिल्लीमा Reviewed by marumala srinu on 6:11 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.