बार्सिलोनाको हार श्रृँखला रोकियो : ८–० को शानदार जित, स्वारेज एक्लैको ४ गोल
वैशाख ९ – बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार तीन खेलको अपराजित यात्रापछि शानदार जित दर्ता गरेको छ । ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिप्रोटिभो डी ला कोरुनालाई ८–० ले हरायो ।
बार्सिलोनाको जितमा लुइस स्वारेज एक्लैले चार तथा रिकिटिक, मेस्सी र नेइमार र बार्ट्राले एक एक गोल गरे । ११ औं मिनेटमा स्वारेजले व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिालए । २४ औं मिनेटमा दोस्रो गोल गर्दै स्वारेजले बार्सिलोनाको अग्रता दोब्बर पारे ।
४७ औं मिनेटमा रेकिटिकले गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० मा पुग्यो । ५३ औं मिनेटमा ह्याट्रिक पूरा गरेका स्वारेजले ६४ औं मिनेटमा व्यक्तिगत चौंथो गोल गरेपछि बार्सिलोनाको अग्रता ५–० मा पुग्यो ।
७३ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ६–० को अग्रता लियो । ७९ औं मिनेटमा बार्ट्रा र ८१ औं मिनेटमा नेइमारले गोल गरेपछि बार्सिलोनाले ८–० को शानदार जित सुनिश्चित ग¥यो । यसअघि ला लिगाका तीन खेलमा बार्सिलोना पराजित भएको थियो ।
यो खेलमा चार गोल गरेका स्वारेजले यो सिजन सबै प्रतियोगितामा गरेर ४९ गोल गरेका छन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको लिगका चार खेलबाँकी हुँदा ७९ अंक भएको छ । समान ७९ अंक भएको एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियल मड्रिडको ७८ अंक छ ।
बार्सिलोनाको हार श्रृँखला रोकियो : ८–० को शानदार जित, स्वारेज एक्लैको ४ गोल
Reviewed by marumala srinu
on
6:29 PM
Rating:
No comments: