Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कालो धन विदेश थुपार्ने लाई कारबाही गर्न अख्तियारले माग्यो इन्टरपोलको सहयोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालोधन विदेशमा थुपार्ने नेपालीलाई कारबाहीको दायरामा ल्याउन विश्वका प्रहरीहरुको साझा संस्था इन्टरपोलको सहयोग मागेको छ।
खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था ९आईसीआईजे०ले पानामाका व्यवसायीहरुलाई कानुनी परामर्श दिने संस्था मोसाक फोन्सेकाले सार्वजनिक गरेको गोप्य दस्तावेजमा कालोधन विदेशमा थुपार्नेमा नेपालीसमेत रहेको उल्लेख गरेपछि अख्तियारले इन्टरपोलको सहयोग लिएर अनुसन्धान अघि बढाएको हो।
अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले इन्टरपोल, विभिन्न कुटनीतिक नियोग, भ्रष्टाचारविरुद्ध काम गर्ने विभिन्न देशका संवैधानिक संस्थालगायतबाट सूचना संकलन गर्ने काम भइरहेको बताए।
पुष्पकरका अनुसार कालोधन विदेशमा राख्नेको विवरण आइसकेपछि निजी व्यवसायी वा सार्वजनिक पद धारणा गरेका व्यक्ति भन्नेबारे अनुसन्धान भइरहेको छ। पनामा खुलासा अनुसार विश्वका १२ मुलुकका वर्तमान तथा पूर्वराष्ट्रप्रमुख तथा सरकारका प्रमुख र उनीहरुका ५ दर्जन नातेदार तथा आफन्त कालोधन जम्मा गर्नेमा समेटिएका छन्।

कालो धन विदेश थुपार्ने लाई कारबाही गर्न अख्तियारले माग्यो इन्टरपोलको सहयोग Reviewed by marumala srinu on 12:05 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.