रियल मड्रिडद्वारा भिल्लारियल पराजित, उपाधि होड रोमाञ्चक मोडमा
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्लारियललाई पराजित गरेको छ।
गएराति आफ्नै घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–० गोल अन्तरले पराजित गर्दै लिग लिडर बार्सिलोनामाथि दबाब कायमै राखेको हो।
खेलको ४१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा १–० ले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो।
खेलको ६९ औं मिनेटमा लुकासले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारे। यस्तै खेलको ७६ औं मिनेटमा लुका मोर्डिकले गोल गर्दै रियललाई ३–० को जित दिलाए।
जितपछि ३४ खेलबाट ७८ अंक जोडेको रियल मड्रिड लिगको तेस्रो स्थानमा छ र लिग लिडर बार्सिलोना र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा एक अंकलेमात्रै पछि छ।
रियल मड्रिड, एथ्लेटिको मड्रिड र बार्सिलोना तीनै शीर्ष टोलीले जित हातपारेपछि उपाधि होड थप रोमाञ्चक बनेको छ।
रियल मड्रिडद्वारा भिल्लारियल पराजित, उपाधि होड रोमाञ्चक मोडमा
Reviewed by marumala srinu
on
7:12 PM
Rating:

No comments: