आज काठमाडौं बौद्धनाथमा धार्मिक तथा सांस्कृतिक पर्व ‘तेमाल जात्रा’सुरु
चैत्रशुक्ल चतुर्दर्शी तिथि आज काठमाडौं बौद्धनाथमा धार्मिक तथा सांस्कृतिक पर्व ‘तेमाल जात्रा’सुरु, दिवङ्गत पितृको स्मरणमा बत्ती बाली ङोवा गर्नेहरुको विहानैदेखि घुँइचो
तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक ‘तेमाल जात्रा’ आज विहीवार बौद्धनाथ चैत्यबाट सुरु भएको छ । जात्राको पहिलो दिन आज विहानैदेखि दिवङ्गत पितृको स्मरणमा बत्ती बाली लामागुरुहरुद्धारा ङोवा (पूजापाठ) गर्नेहरुको बौद्धनाथमा भीड लागेको छ ।
प्रत्येक वर्ष चैतशुक्ल चतुर्दर्शी तिथिमा सो समुदायले दिवङ्गत पितृको स्मरणमा बत्ती बाली लामागुरुहरुद्धारा ङोवा (पूजापाठ) गर्ने प्रचलन छ । यो जात्रा प्रत्येक वर्ष चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध र पूर्णिमाको दिन स्वयम्भूमा लाग्ने गर्छ । सो अवसरमा बत्ती बाली पूजापाठ गर्नाले मृतकको आत्माले चिर शान्ति प्राप्त गर्ने र आफन्तजनहरुको समेत मानोकांक्षा पूरा हुने धार्मिक मान्यता रहँदै आएको छ । बौद्ध महाचैत्यमा सुरु हने जात्रा पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाआजासहित विसर्जन हुने गर्दछ ।
यो जात्रा तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक पहिचानको रुपमा समेत रहेको छ । जात्रामा विशेष गरी तामाङ समुदायको उद्गम तथा आदिथलो मानिने काभ्रेको तेमालबाट भक्तजनहरुको बढी सहभागिता रहने गर्छ । बौद्ध महाचैत्यमा सुरु हुने जात्रा पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा पूजाआजासहित विसर्जन हुने गर्दछ । काठमाण्डौ उपत्यकाका तीन जिल्लालगायत रामेछाप, नुवाकोट, मकवानपुर, दोलखा, सिन्धुलीबाट समेत जात्रामा लाखौंको सहभागिता रहने गर्छ ।
यसैबीच तेमालजात्रा (बौद्धजात्रा)को व्यवस्थापनका लागि बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा विभिन्न संघ संस्थाहरु सम्मिलित तेमालजात्रा (बौद्धजात्रा) व्यवस्थापन समिति–२०७३ गठन गरिएको छ । समितिले दिएको जानकारी अनुसार जात्राको उदघाटन श्रद्धेय गुरु नाम्खा ठिले रिन्पोछेबाट गर्ने कार्यक्रम छ । यस्तै जात्राको अवसरमा रिम्पोछेले बौद्धधर्म सम्बन्धी प्रवचन र आशिर्वाद दिने कार्यक्रम समेत रहेको छ । सोही अवसरमा रक्तदान, निःशुल्क पानी वितरण, स्वास्थ्य शिविर लगायतको व्यवस्था मिलाइएको छ । जात्रामा परम्परागत फापर ह्वाई तथा विविध साँस्कृतिक कार्यक्रम पनि हुने आयोजक समितिले जनाएको छ ।
आज काठमाडौं बौद्धनाथमा धार्मिक तथा सांस्कृतिक पर्व ‘तेमाल जात्रा’सुरु
Reviewed by marumala srinu
on
7:40 PM
Rating:
Reviewed by marumala srinu
on
7:40 PM
Rating:

No comments: