Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपाली सम्पदाहरु बर्ष दिन बित्दा सम्म पनि उठ्न सकेनन ?

१२ वैशाख, काठमाडौं । विनाशकारी ‘गोरखा भूकम्प’ को एक वर्ष बित्यो । गत वर्षको वैशाख १२ गतेको भूकम्पले काठमाडौंको पहिचान बनेको धरहरादेखि काष्ठमण्डप तथा महत्पूर्ण बसन्तपुर, हनुमानढोका, पाटन लगायतका दरबार क्षेत्रका धेरै अमूल्य सम्पदा क्षतिग्रस्त भए । भत्किएका सम्पदाहरु अहिले अस्तिवमै छैनन् । भएकाहरु पनि काठ र फलामको टेकामा अडिएका छन् ।
Nepal-World-Heritage-sites-one-year-after-devastating-earthquake-6
पर्यटकीय हिसावले समेत महत्वपूर्ण सम्पदाहरुले भूकम्पको एक वर्षसम्म पनि कुनै प्रकारले स्वरुप फेर्न सकेका छैनन् ।

सर्वसाधारण जनताको निजी आवास पुनर्निर्माण समेत सुरु हुन नसकेको समयमा पुरातात्विक सम्पदाहरुले कहिले आफ्नो पुरानो स्वरुप पाउने हुन् भन्ने चिन्ताको विषय बनेको छ ।

यसको जिम्मा लिएको पुरातत्व विभागले विभिन्न सम्पदाको पुनर्निर्माण यसै वर्ष सुरु गर्ने भने पनि अधिकांश सम्पदा बितेको वैशाख १२ को मध्यान्हपछिकै स्वरुपमा छन् ।

विभिन्न विदेशी सरकार संघ संस्थालाई सम्पदाहरुको पुनर्निर्माण जिम्मा दिइए पनि काम भने अघि बढेको छैन । धरहरा फेरि उठेको, काष्ठमण्डप चिटिक्क सिँगारिएको र सम्पदाहरु सहाराविनै आफ्नैमा खुट्टा टेकेको हेर्न सबै लालायित छन् । राष्ट्रको गहना र नेपालीको पहिचानका बनेका यी सम्पदालाई कहिले वास्तविक स्वरुपमा फर्केको हेर्न पाइएला ? अनलाइनखबर बाट साभार


नेपाली सम्पदाहरु बर्ष दिन बित्दा सम्म पनि उठ्न सकेनन ? Reviewed by marumala srinu on 4:02 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.