भूकम्प बारे ६८ विज्ञले कार्यपत्र प्रस्तुत गर्दै
आइतबार, १२ वैशाख
काठमाडौ। ‘गोरखाभूकम्प’ को प्रथम वार्षिकीका अवसरमा खानी तथा भूगर्भ विभागले आयोजना गरेको ‘सिकिएका पाठ, सुरक्षित भविष्यका लागि मार्गचित्र र दिगो विकास’ सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशालामा आज यहाँ सुरु भयो ।
कार्यशालाको उद्घाटन गर्दै उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले भूकम्पबाट झन्डै नौ हजार मानिसको मुत्यु र सयाँैं घाइते हुनाले नेपालको आर्थिक विकासमा प्रतिकूल असर पारेकाले पुनःनिर्माण अभियानमा सरकार क्रियाशील रहेको बताउनुभयो ।
उद्योग राज्यमन्त्री मेघराज नेपाली निषादले सबै पक्षको सहकार्यबाट भूकम्पपछिको पुनःनिर्माण अभियानले सार्थकता पाउने अपेक्षा व्यक्त गर्नुभयो । मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले नेपालका अन्य भूभागमा थप भूकम्पको खतरा कायम रहेकाले त्यसको पूर्वतयारीका लागि सचेतना अपनाउनुपर्ने बताउनुभयो ।
सम्मेलनमा सिङ्गापुरको अर्थ अब्जरभेटरी का प्रा डा पोल तापोने, फ्रान्सको वातावरण सर्भेक्षण विभागका तेरी हेरित लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यशालामा नेपाल लगायत विश्वका विभिन्न मुलुकका भूगर्भ, भूकम्प र वातावरण विज्ञानसम्बन्धी ६८ विज्ञले गोरखा भूकम्पपछि र अघिका सन्दर्भमा विभिन्न विषयमा गरिएको अध्ययनमा आधारित कार्यपत्र प्रस्तुत गर्दैछन् ।
गत वर्ष आजकै दिन गोरखाको बारपाक केन्द्र भई भूकम्प गएको थियो । रासस
nepalsandesh

Reviewed by marumala srinu
on
3:37 AM
Rating:

No comments: