Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

ढोँगी कृष्णदासजीले यी महिलासँग समाधिभित्र के–के खाए छन् ? (खानाको परिकारसहित)

काठमाडौं, ८ वैशाख । अघिल्लो शुक्रबार अचम्मै भयो । वर्षौंपछि पोखरामा अर्को अन्तर्राष्ट्रि विमानस्थल बन्ने कामको शिलन्यास भयो । सँगसँगै त्यही ठाउँमा एकजना जोगीले बिनाअक्सिजन बन्द बाकसभित्र नौँ दिन बिताए । यसबाट विज्ञानलाई नै चुनौति हुनेगरी चमत्कार देखिएको भनेर चिकित्सकले नै वर्णन गरेको समाचा पढ्न पाइयो ।
चार दशकदेखि बिरामीको उपचार गदर्नै आएका पश्चिमाञ्चलका नामी चिकित्सक बुद्धबहादुर थापा, श्वासप्रश्वाससम्बन्धी डाक्टर कालु शर्मा र मुटुरोग विशेषज्ञ नारायण गौतमसमेतलाई उक्त समाचारमा उद्धृत गरियो । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
तर, यो कुरा बताइएन कि, अहिलेको दुनियाँमा बिना अन्नपानी, अक्सिजन, बन्द बाकसभित्र कैद हुनु सम्भव छ कि छैन ? अनि, त्यसबीच शरीरमा कुनै पनि खालको अन्न, खाद्यान्न परे, नपरेको–दिसा, पिसाब गरे, नगरेको जाँचने विधि अपनाइयो कि अपनाइएन ? रगत जाँचियो कि जाँचिएन ? यस्तो प्रश्न उठ्नु किन पनि जायज ठहरिन्छ भन्ने छ वषअघि रामनवमीको अवसरमा यिनै कुष्णदासजी महाराज नामक पात्रले सुनसरीको चतराधाममा नौ दिने समाधि लिएको भन्दै रमिता देखाउँदाका हर्कतबारे जानकारहरू मौजुदा छन्, तस्बिरहरू सुरक्षित छन् ।
त्यतिबेला इँटा सिमेन्ट लगाएर बक्सा बन्द गरिएको थियो भने टाकोपट्टी इँटामुनि काठको फल्याक, त्यसमुनि कालो मासको दाना मुठीका मुठी राखिएको थियो ।
अनि, इँटा सरेर चार इञ्च भित्रपट्टि आएको, जमरा पनि भित्रै उम्रिएको, बन्द अँध्यारो कोठामा जमरामाथि पानी छम्किराखिएको अवस्था थियो ।
जानकारहरू भन्छन्, ‘तन्ना र गद्दामुनि मोबाइल र नटबोल्छ लुकाइराखिएको थियो । उनी टाउकोपट्टिबाट निस्कँदै पस्दै गर्दै रहे ।’
यो कर्ममा उनलाई अस्मिना नामक युवतीको समर्थन थियो । छेउमै पाँचवटा गाग्रोभित्र बदाम, काजु, मह र बोटलमा पानी पनि राखिएको थियो । तीनतिर प्लाष्टर लगाइएको, टोकोपट्टिबाट मासको गेडामाथि काठ राखिएको निस्कन मिल्ने गरी इँटा अड्याइएको अवस्थामा देख्ने खगेन्द्र दुलाल, कुमार गरी, अर्जुन गुरुङहरू अचेल के भन्छन् कुन्नी ?
अनि, यी महाराजा निस्कँदा फाष्टिङको रक्त र मुत्र परीक्षण किन गरिएन ?, यसबीच उनले र अस्मिनाले प्रयोग गर्ने मोबाइलको सम्पर्क किन जाँचिएन ? निधारभरि तिलक लगाएर छिरेका समाधिमा बसेका मान्छेले निस्कँदा तिलक किन हराए ? तन्ना किन सोहोरिए ? रुपमा कता हरायो ? केही पनि खोजी भएन । भक्तजनको भीड लाग्यो । डाक्रहरुले प्रशंसाको पुल बाँध्न थाले ।



ढोँगी कृष्णदासजीले यी महिलासँग समाधिभित्र के–के खाए छन् ? (खानाको परिकारसहित) Reviewed by marumala srinu on 11:45 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.