रियल मड्रिडले जित्न बाँकी नै छ : जिदान
वैशाख ८ – स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो क्लबले अहिलेसम्म केही जितिनसकेको बताएका छन् । पछिल्ला खेलमा राम्रो प्रदर्शन गरेको रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
यस्तै शीर्ष दुई स्थानमा रहेका बार्सिलो र एथ्लेटिको मड्रिड भन्दा एक अंक मात्रै पछि रहेको रियल ला लिगाको उपाधि होडमा फर्किएको छ । तर प्रशिक्षक जिदानले भने क्लबले अहिले नै केही नजितेको र जित्नका लागि बाँकी खेलमा राम्रो गर्नु पर्ने बताएका छन् ।
यो सिजनमा केही जितिन्छ भनेर अहिले नै खुसीयाली मनाउने अवस्था नरहेको र अझै धरै गर्न बाँकी रहेको जिदानले बताए । रियल मड्रिडले बुधबार ला लिगामा भिल्लारियलसँग खेल्दैछ । यस्तै बुधबार नै बार्सिलोनाले डिप्रोटिभो डी ला कोरुना तथा एथ्लेटिको मड्रिडले एथ्लेटिको बिल्बाओसँग खेल्नेछ । यी खेल शीर्ष तीनै टिमका लागि महत्वपूर्ण छन् ।
अहिले आफूहरु राम्रो अवस्थामा रहेको तर केही भने जितिनसकेको जिदानले बताए । ला लिगा र च्याम्पियन्स लिगमा खेल्न पाउनु नै भाग्यको कुरा भएको र जितका लागि राम्रो खेललाई निरन्तरता दिनुपर्ने उनको भनाई छ । रियलले जिती सक्यो भनेर धेरै कुरा भइरहेको तर आफूहरुले त्यसमा ध्यान नदिएको तथा खेलाडी पनि आफ्नो काममा केन्द्रित भएको जिदानले बताए ।
बार्सिलोनाको पछिल्लो प्रदर्शन बारे जिदानले केही बोल्न चाहेनन् । उनले भने ‘सबै टिममा आआफ्नै समस्या तथा अप्ठ्यारा हुन्छन् । हाम्रो ध्यान आफ्नो टिमको प्रदर्शन कसरी राम्रो बनाउने भन्ने बारेमा मात्रै केन्द्रित छ । रियल मड्रिडले वैशाख १६ गते च्याम्पियन्स लिगको सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ ।
रियल मड्रिडले जित्न बाँकी नै छ : जिदान
Reviewed by marumala srinu
on
9:53 PM
Rating:
Reviewed by marumala srinu
on
9:53 PM
Rating:

No comments: