आइसियूमा उपचार गराइरहेका पत्रकार दीक्षितलाई अख्तियारले विशेष अदालत लैजाने तयारी
वीर अस्पतालको आइसियूमा उपचार गराइरहेका पत्रकार एवं साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितलाई अख्तियारले विशेष अदालत लैजाने तयारी गरेको छ ।
राम्रोसँग निको हुन नपाउँदै उनलाई विशेष अदालत लैजाने तयारी भएको हो । अस्पतालमा उनलाई श्रीमती बाहेक अरु कसैले पनि भेट्न पाएका छैनन् ।
दीक्षित उच्च रक्तचापका कारण शनिबार अस्पताल भर्ना भएका हुन् । दीक्षितलाई साझा यातायातको अध्यक्षको हैसियतमा गैरकानूनी सम्पत्ति आर्जन गरेको र भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्नु पर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पक्राउ गरेको थियो ।
आइसियूमा उपचार गराइरहेका पत्रकार दीक्षितलाई अख्तियारले विशेष अदालत लैजाने तयारी
Reviewed by marumala srinu
on
10:25 PM
Rating:

No comments: