बल्ल खुल्यो मधेशी मोर्चाको आन्दोलन रह्स्य
काठमाडौं, १२ बैशाख । मधेशी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै गठबन्धनले वैशाख १५ गते सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाउने, कालो झन्डा देखाउने, वैशाख १९ गते जिल्ला सदरमुकामहरु लगायत मुख्य शहर बजारहरुमा अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा र्याली प्रदर्शन गर्ने, वैशाख २१ देखि ३१ गतेसम्म प्रत्येक प्रदेश/जिल्लाका प्रमुख शहरहरुमा बृहत् विरोधसभा गर्ने जानकारी दिएको छ ।
त्यस्तै वैशाख २१ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन तथा सभा गर्ने, वैशाख २३ गते विराटनगर, धनगढी, पाचथर र पोखरामा बृहत् विरोध सभा गर्ने, वैशाख २४ गते विरगंज, नेपालगंज र धनकुटामा बृहत् विरोध सभा गर्ने, वैशाख २५ गते बुटवल, जनकपुर, पाल्पा, इलाम, सुर्खेतमा बृहत् विरोध सभा गर्ने, वैशाख २६ गते बिर्तामोड, हेटौडा, काभ्रेमा बृहत् विरोध सभा गर्ने उल्लेख छ । त्यस्तै गठबन्धनले वैशाख २७ गते धरान, राजविराज, दाङ, महोत्तरी, रौतहट र कञ्चनपुरमा विरोध सभा गर्ने, जेठ १ गते ‘काठमाडौं जाऔं, सिंहदरबार घेरौं’ नारासहित सबै जिल्लामा जाने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
संघीय गठबन्धनमा आवद्व संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, पहिचानमा आधारित संघीय गठबन्धन, प्रादेशिक मोर्चा, जातीय वा क्षेत्रीय लगायतका संगठनहरुले विरोध जारी राख्ने निर्णय पनि भएको छ । गठबन्धनले स्थानीय महत्वका माग, भूकम्प पीडित, महगी, कालोबजारी, भ्रष्टाचार, घुसखोरी, ग्यास, इन्धन, खाद्य बस्तु, खानेपानी, मल खाद्य र लोडसेडिङ जस्ता मागहरुलाई जोडदार रुपले उठाउने समेत निर्णय गरेको छ । गठबन्धनमा २४ दल र ३ सामाजिक संगठन गरी २७ दल रहेका छन् ।
- Gorkhali Khabar
बल्ल खुल्यो मधेशी मोर्चाको आन्दोलन रह्स्य
Reviewed by marumala srinu
on
10:53 PM
Rating:

No comments: