भूतले बन्द गरायो स्कुल!
भूत हुन्छ भन्ने कुरालाई विज्ञानले अस्वीकार गर्छ। तर, विज्ञानले अस्विकार गरेको भूतले नै मलेसियाको एउटा स्कुल बन्द गराइदिएको छ। भूतले तर्साउन थालेको भन्दै मलेसियाको उत्तरी भेगस्थित एउटा स्कुल बन्द गरिएको छ।
एसकेएम पेंगकलान चेपा नाम गरेको स्कुलका विद्यार्थी र शिक्षक–शिक्षिकाले चिच्याउँदै यताउति हिँडडुल गर्ने कालो आकृति देखेको दाबी गर्न थालेपछि स्कुल बन्द गरिएको हो। चिच्याउने कालो आकृति देखेको दाबी गर्ने विद्यार्थी र शिक्षक–शिक्षिका स्कुलमा थुप्रै रहेको समाचारमा जनाइएको छ।
५० विद्यार्थी र ११ शिक्षक–शिक्षिकाले भूत देखेको दाबी गरेपछि स्कुल बन्द गर्ने निधो गरिएको स्कुल व्यवस्थापनले जनाएको छ। स्कुललाई नयाँ ठाउँमा स्थानान्तरण गर्ने तयारी रहेको बताइएको छ। स्थानीय सञ्चारमाध्यमले भने विद्यार्थी र शिक्षक–शिक्षिकाले भूत देखेको प्रसंगलाई 'मास हिस्टेरिया'को प्रभावका रूपमा व्याख्या गरेका छन्।
भूतले बन्द गरायो स्कुल!
Reviewed by marumala srinu
on
6:52 AM
Rating:
Reviewed by marumala srinu
on
6:52 AM
Rating:

No comments: