अचम्मको पुलः जहाँबाट फाल हानेर गरिसके सयौं कुकुरले आत्महत्या
सामान्यतयाः आत्महत्या सामाजिक प्राणी मध्ये मानिसले मात्र गर्ने हामीले सुनेका छौं । तर दुनियाँमा कुकुरले पनि आत्महत्या गर्छ भन्ने खबर तपाईलाई अपत्यारिलो लाग्न सक्छ । तर यो कुरा सत्य हो ।
एक अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार स्कटल्याण्डको डबार्टन स्थित मिल्टन भन्ने स्थानमा एक फुल छ, जहाँबाट आजसम्म सयौं कुकुरहरुले आत्महत्या गरिसकेको समाचारमा उल्लेख छ ।
कुकुरहरु उक्त पुलमाथि चढेर हाम लाल्छन्, तर यदि मरिएन भने फेरि दोस्रो पटकपनि हाम फाली मर्ने गरेको समाचारमा उल्लेख छ । लगातार कुकुरहरु उक्त पुलबाट हामफालेर आत्महत्या गरेपछि त्यहाँको स्थानीय प्रशासनले चेतावनीको ठूलो बोर्डसमेत राखेको छ ।
आश्चर्यलाग्दो कुरा के छ भने आजसम्म जति कुकुरहरुले आत्महत्या गरे तिनीहरुले एकै स्थानबाट हाम फालेर आत्महत्या गरेका छन् । कुकुरहरु किन त्यही स्थानबाट आत्महत्या गर्छन् भन्नेकुरा आजसम्म खुल्न सकेको छैन । ढुङ्गाले बनेको उक्त पुलबाट केही समय अगाडि एक व्यक्तिले समेत हामफालेर आत्म हत्या गरेको समाचारमा उल्लेख छ ।
अचम्मको पुलः जहाँबाट फाल हानेर गरिसके सयौं कुकुरले आत्महत्या
Reviewed by marumala srinu
on
6:49 AM
Rating:

No comments: