बर दुबईमा नेपाली “दानापानी रेस्टुरेन्ट” सञ्चालनमा आउदै
युएईमा नेपालीहरुको ब्यबसाय दिन- दिनै बढ्ने क्रम जारि छ, नेपाली ब्यवसायीले सञ्चालन गरेका रेस्टुरेन्टको संख्या दर्जन भन्दा बढी पुगिसकेको छ । नेपाली व्यावसायीहरु विस्तारै आबुधाबी, आजमान, सारजाह, अल ऐन, फुजेरा, रास अल खेमा क्षेत्रमा पनि आफ्नो ब्यवसाय विस्तार गर्न थालेका छन्। करिब ३ सयभन्दा बढी नेपालीहरुले यूएईमा रेस्टुरेन्ट, ट्राभल, पार्लर, बिल्डिङ मेटेरियल, टेलर्स, ग्रोसरी, आइटी सेक्टर आदि क्षेत्रमा लगानी गरेर व्यावसायिक सफलता हासिल गरिरहेका छन। युएइ मै सबै भन्दा पुरानो नाम चलेको नेपाली रेस्टुरेन्टले आफ्नो नयाँ रेस्टुरेन्ट “दानापानी रेस्टुरेन्ट” तीन जनाको सयुक्त लगानीमा सञ्चालनमा ल्याउन लागेको संचालिका लीला राईले जानकारी दिनु भएको छ।
बर दुबईमा नेपाली “दानापानी रेस्टुरेन्ट” सञ्चालनमा आउदै
Reviewed by marumala srinu
on
12:11 AM
Rating:
Reviewed by marumala srinu
on
12:11 AM
Rating:

No comments: