डिएसपीलाई २८ लाखको जागिर ?
काठमाडौं–नेपाल प्रहरीका एक डिएसपीले २८ लाख रुपैयाँका जागिर पाएका छन् । डिएसपी आनन्दजंग थापालाई मासिक २८ लाख भन्दा धेरै तलब हुने जागिरमा संयुक्त राष्ट्रसंघले छनोट गरेको हो ।
राष्ट्रसंघमा पी २ तहको जागिर उजले पाएका हुन् । सुरक्षा निकायबाट राष्ट्रसंघमा यो तहको जिम्मेवारी पाउने उनी पहिलो नेपाली हुन् । राष्ट्रसंघको उक्त जागिरसँगै उनले प्रहरीबाट राजीनामा दिएका छन् ।
डिएसपी थापा नेपाल प्हरीका क्षमतावान अधिकृतका रुपमा चिनिन्छन् । पछिल्लो समय उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । राष्ट्रसंघमा जागिर पक्का भएपछि उनले राजीनामा दिएका हुन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
डिएसपीलाई २८ लाखको जागिर ?
Reviewed by marumala srinu
on
11:47 PM
Rating:
Reviewed by marumala srinu
on
11:47 PM
Rating:

No comments: