Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

वायुसेवा निगमको जहाज समयमा उडदैन्न् ,इन्जिनियरिङ्ग व्यवस्थापकीय लापरबाही

वायुसेवा निगमको जहाज दोहा नउड्दा..नेपाल वायुसेवा निगमको जहाज चढेर दोहा उड्न विहीबार साँझ ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरुले ६ घन्टाको पर्खाईपछि अर्को दिनको विहान २ बजे फर्केर राजधानीकै होटल बास बस्नुपर्ला भनेर सायदै कल्पना गरेका थिएनन्। तर, निगमको इन्जिनियरिङ्ग व्यवस्थापकीय लापरबाहीका कारण उक्त उडानमा रहेका १ सय ९० यात्रुले यस्तै सास्ती भोग्नुपर्यो। जो शुक्रबार साझसम्म पनि काठमाडौंमै थिए।
निगमको दोहा उड्न तयार रहेको 9N-ACB रजिस्ट्रेसन भएको जाहाजको मौसम रडार प्रणालीमा देखिएको सामान्य खराबी बेलैमा मर्मत नहुदा नेपालीसहितका यात्रुहरुले रातभर दु:ख झेल्नुपर्यो। गण्डकी नाम दिइएको उक्त विमानको दोहा उड्ने तालिका ११ बजेर २० मिनेटमा थियो। तर, २ बजेसम्म पनि उड्न नसकेपछि यात्रुहरुलाई होटलमा राखियो। राति केहीलाई न्यूरोड त केहीलाई गौशालाका मध्यमस्तरीय होटलमा सुताइयो।
‘राति १२ बजे वन्द हुने विमानस्थललाई लिखित अनुरोध गरेर २ बजेसम्म खुलाइए पनि कामै लागेन,’ निगम स्रोतले भन्यो। स्रोतका अनुसार, दोहाका लागि उड्ने उक्त विमानमा जब क्याप्टेन आरजेबी राणाको टिम ककपिटमा पुग्यो। उनीहरुले राडारमा समस्या रहेको थाहा पाए। आफूअघि उक्त जहाजलाई भारतको बैंलोर पुर्याएर ल्याएका क्याप्टेनले रडारमा खराबी देखीएको रिपोर्ट लगबुकमा लेखेको देखेर क्याप्टेन राणाको टिमले जहाज मर्मत गर्न निगमको इन्जिनियरिङ्गलाई भनेको थियो।
‘रातिको मौसम देखाउने भनेकै जहाजभित्रको वेदर–रडार हो तर त्यस्ले कामै नगर्ने भएपछि जहाज उडाउनै सकिँदैन,’ एक पाइलटले भने। ती पाइलटका अनुसार, उक्त जहाजलाई दोहाका लागि उडाउनुअघि क्याप्टेन सुधीर राईले भारतको बैंलोर पुर्याइए ल्याएका थिए। फर्किदा रडारमा समस्या देखीएपछि क्याप्टेन राईले लगबुकमा लेखि छाडेका थिए।
बेलुकीमात्रै रडार मर्मतमा लागेको इन्जिनियरीङ्ग विभागले विमानलाई ११ बजेभित्र मर्मत गरी उडानका लागि रिलिज गर्ने जानकारी आफ्नो फलाइट अपरेशन विभागलाई गराइसकेका थिए । त्यसै अनुसार, दोहा उड्ने यात्रुलाई चेकजाँच गराइ तयार अवस्थामा राखिएको थियो। तर, इन्जिनियरहरुले ११ बजे होइन शुक्रबार विहानसम्म पनि उक्त विमानलाई उडानका लागि योग्य बनाउन सकेका थिएनन्।

वायुसेवा निगमको जहाज समयमा उडदैन्न् ,इन्जिनियरिङ्ग व्यवस्थापकीय लापरबाही Reviewed by marumala srinu on 6:13 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.