माधव नेपाल भन्छन्,‘अब राजनीतिक कुरा गरेर समय नफालौं जनताले सुन्दैनन्’
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नेपाली जनताले अब राजनीतिक कुरा सुन्न नचाहने भएकाले नेताहरुले राजनीतिक कुरा गरेर समय खेल फाल्न नहुने तर्क गरेका छन्।
मातृ सेवा प्रतिष्ठान नेपालको आर्थिक सौजन्यतामा गोरखा मिलन समाज पोखराद्धारा सञ्चालित डा. शान्ति पाण्डे स्मृत्ति छात्रबृत्ति वितरण समारोहको उद्घाटन गर्दै नेता नेपालले अब मुलुकको आर्थिक समृद्धिको कुरा गर्नु पर्ने बताएका हुन्।
उनले आर्थिक र सामाजिक क्रान्तिलाई सँगसँगै अगाडि लैजानु पर्ने आवश्यकता रहेको भन्दै आर्थिक विकासका लागि राजनीति स्थायित्व कायम गर्नेतर्फ लाग्न सबैलाई आब्हान गरे।
छात्रबृत्तिमै वर्षमा झण्डै ५० लाख रुपैया वितरण गर्ने हरिप्रसाद पाण्डे जस्तो निष्ठावान समाजसेवी आफूले कतै नदेखेको उल्लेख गर्दै पाण्डेको समाजसेवा ईतिहासमा इंगित हुने विश्वास ब्यक्त गरे ।
नेपालले पाण्डेको जलस्रोत तथा उर्जा मन्त्रालय सञ्चालनको सुखद अनुभव सुनाउँदै उनीजस्तै निस्वार्थ काम गर्ने मानिसको मुलुकलाई अहिले पनि आवश्यकता रहेको बताए।
अग्रज समाजसेवी हरिप्रसाद पाण्डे र तुलसा पाण्डेले आफ्नी छोरी स्वर्गीय डा. शान्ति पाण्डेको स्मृत्तिमा २०६६ सालदेखि वितरण गर्न थालेको छात्रबृत्ति यसवर्ष ४८ जिल्लाका १३१ विद्यार्थीलाई जनही ५० हजारको दरले ४४ लाख ५० हजार रुपैया वितरण गरिएको थियो। सो छात्रबृत्ति नर्सिङ र प्यारामेडिकल अध्ययनरत छात्रालाई प्रदान गरिँदै आएको छ।
कार्यक्रममा विशेष अतिथि रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले समाजसेवी हरिप्रसाद पाण्डे मदर टेरेसा जस्तै समाजसेवामा ठूलो छाति भएको ब्यक्तित्व भएको भन्दै पाण्डेबाट आम नेपालीले धेरै कुरा सिक्नु पर्ने बताए।
माधव नेपाल भन्छन्,‘अब राजनीतिक कुरा गरेर समय नफालौं जनताले सुन्दैनन्’
Reviewed by marumala srinu
on
11:15 PM
Rating:
Reviewed by marumala srinu
on
11:15 PM
Rating:

No comments: