Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

ट्राफिक जरिवाना बीस गुणासम्म वृद्धि

सरकारले सडकमा ट्राफिक नियमविपरीत सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असुल गर्ने जरिवानाको रकम २० गुणासम्म बढाएको छ। नियम विपरीत सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका साथै सडकमा अराजकता बढेको भन्दै सरकारले जरिवानाको मात्रा बढाएको हो।
nepalipatr-april
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संसोधन गर्दै जरिवानाबापतको रकमलाई बढाइएको छ। जरिवानाबापत बढाइएको रकम आइतबारबाट देशभर लागू हुने महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले जानकारी दिए।

डिआइजी अर्यालका अनुसार विगतमा कारवाहीबापत रहेको २५ रुपैयाँ जरिवानालाई बढाएर ५०० पुर्याकइएको छ। यस्तै, नियमविपरित सवारी चलाउनेलाई ट्राफिक प्रहरीले १५ सय रुपैयाँसम्मको चिट काट्न सक्ने गरी जरिवाना रकम बढाइएको छ। यसअघि मापसेमा सबैभन्दा बढी एक हजार रुपैयाँ मात्र जरिवाना हुने व्यवस्था थियो।

'सवारी नियमको प्रभावकारी कार्यान्वयद्वारा दुर्घटना न्यूनीकरण गरी सडकलाई सुरक्षित बनाउन समयसापेक्ष कारबाहीबापतको जरिवाना बढाइएको हो,' उनले भने, 'यो व्यवस्थापछि सडक सभ्यता कायम राख्न धेरै सहयोग पुग्नेछ।'

नयाँ जरिवानाको व्यवस्थाअनुसार नियम मिच्ने चालकलाई अब न्यूनतम ५ सय रुपैयाँ जरिवाना हुनेछ। यसअघि न्यूनतम जरिवाना २५ रुपैयाँ थियो। सरकारले ऐनमा भएको २५ रुपैयाँ देखि ५० रुपैयाँसम्म, ५० देखि एक सय रुपैयाँसम्म र एक सयदेखि २ सय रुपैयाँसम्मको कारबाहीको दरलाई संसोधन गर्दै क्रमशः ५ सय, एक हजार र १५ सय बनाएको हो।

महाशाखाका अनुसार न्यूनतम ५ सय रुपैयाँ जरिवाना पाएको चालकले पटकपटक एउटै अपराध गरेमा क्रमशः जरिवानाको दर बढ्दै जानेछ। पहिलो पटक कारबाहीमा पर्नेले ५ सय, दोस्रो पटक परे एक हजार र तेस्रो पटक परे १५ सय जरिवाना हुनेछ। नियमअनुसार ५ पटकसम्म कारबाहीमा परेको चालकको लाइसेन्स ६ महिनाका लागि खारेज हुनेछ।

महाशाखाका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाए, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाए, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखे, सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी चलाउन दिए एक हजार जरिवाना हुनेछ।

यस्तै, तोकिएभन्दा बढी मालसामान राखे, सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाए, सवारीको अन्य भागमा मानिस तथा मालसामान राखे, प्रयोजन विपरीत सवारी चलाए, हेल्मेट नलगाए, सवारी आवागमनमा बाधा पुर्यााए, अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखे, छतमा यात्रु बोकेको वा राखेको भेटिए ५ सय जरिवाना हुनेछ।

यसैगरी, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाए, सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याए, सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडे वा ध्वनि दिए, सडकमा गलत साइडतर्फबाट सवारी चलाए, एकतर्फी सडकमा सो विपरीत सवारी चलाए, अवस्था ठिक नभएको सवारी चलाए, बढी गतिमा सवारी चलाए, राति बत्ती नबाली सवारी चलाए, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाए, नम्बर प्लेट नराखी सवारी चलाए, पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाए, सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हदभन्दा बढी राखी सवारी चलाए, सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरे, निर्धारित भाडादर भन्दा बढी भाडा लिई सवारी चलाए, लापरबाहीसाथ सवारी चलाए, बाटो इजाजत पत्र नलिई सार्वजनिक सवारी चलाए, सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब, सवारी इजाजतपत्र साथमा नराखी सवारी चलाए १५ सय रुपैयाँ जरिवाना हुनेछ।

ट्राफिक जरिवाना बीस गुणासम्म वृद्धि Reviewed by marumala srinu on 11:17 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.