अँध्यारोमा यौन सम्पर्क गर्न रुचाउँछन् महिला
उसो त यौन चाहना र यौन सम्पर्क गरिने स्थानबारे सबैको रहर फरक होलान् तर बेलायतमा गरिएको पछिल्लो यौन अध्ययनले भन्छ कि धेरै जसो महिलाहरु अँध्यारोमा यौन सम्पर्क गर्न रुचाउँछन् ।
बेलायतीको यौन स्वभावबारे डेली मेलमा सार्वजनिक गरिएको पछिल्लो अनुसन्धानबारेको रिपोर्ट भन्छ, ‘५० प्रतिशतभन्दा बढि महिलाहरु यौन सम्पर्कको समयमा पुर्ण रुपमा नग्न हुन चाहन्नन् ।’ यस सर्वेक्षणमा उल्लेख छ, ‘५० प्रतिशत भन्दा बढी महिलाहरूलाई यौनका समय कुनै न कुनै कपडा लगाउन रुचाउँछन् , चाहे त्यो ब्रा होस् या नरम टावेल ।’
अध्ययनका अनुसार ५४ प्रतिशत महिलाहरू मान्छन् कि कुनै कपडाले उनीहरूको शरिर छोपेमा मात्र उनीहरूमा रहेको आत्मविश्वास झनै बढ्ने गर्दछ । तर यसको ठिक विपरित पुरुषहरु भने महिलाहरु जति नाङ्गियो, उतै नै खुशी हुने गर्दछन् । ३६ प्रतिशत पुरूषहरूले मात्र महिलाहरूले यौनका समय केही लगाएको मन पराउने गर्दछ ।
यसबाट जती बिकसित भएपनि बेलायती महिलाहरू यौनका बारेमा भने कतै न कतै रूढीबाढी नै देखिएका छन् । अनुसन्धानमा संलग्न जेसी रोबर्ट्सन्ले भनेकी छन् , ‘सामान्यतय बेलायती महिलाहरु यौनका मामलामा उत्ताउला र छाडा मानिन्थे तर सर्वेक्षणले त्यस्तो नरहेको पो देखायो ।’
- Nepalpati
अँध्यारोमा यौन सम्पर्क गर्न रुचाउँछन् महिला
Reviewed by marumala srinu
on
4:43 PM
Rating:
Reviewed by marumala srinu
on
4:43 PM
Rating:

No comments: