Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

स्टोक सिटीमाथि म्यानचेस्टर सिटीको रवाफ

काठमाडौंः इङ्लिस प्रिमियर लिग अन्तरगत शनिबार साँझ भएको खेलमा म्यानचेस्टर सिटीले स्टोक सिटीमाथि ४–० को फराकिलो जित निकालेको छ । 
 
उपाधि होडबाट करिब बाहिरिसकेको सिटीको यो जित युइएफए च्याम्पियन्स लिगमा पुग्नका लागि महत्वपूर्ण हो । 

घरेलु मैदान एतिहाद स्टेडियममा भएको खेलमा सिटीले पहिलो र दोस्रो हाफमा २÷२ गोल गर्यो । 

सिटीका लागि जिसस नाभासको पासमा फर्नान्डिन्होले खेलको ३५ औं मिनेटमा खाता खोले । त्यसपछि ४३ औ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सर्जियो अग्वेरोले गोल गरी २–० को अवस्थामा पुर्याए । 
 
पहिलो हाफ दुई गोलले अग्रता बढाएको सिटीका लािग दोस्रो हाफमा केलेची इहेन्याचोले दुई गोल गरे । 

उनले पाब्लो जाबालेटाको पासमा ६४ औं मिनेटमा गोल गर्दै ३–० मा पुर्याए । त्यसपछि ७४ औं मिनेटमा उनैले अर्को गोल थप्दै सिटीको ४–० को जित पक्का गरे । 

यो जितपछि सिटी लिगको ३५ खेलबाट ६४ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । ३४ खेलबाट ७३ अंकसहित लेस्टर लिगको शीर्ष स्थानमा छ भने ३४ खेलबाटै ६८ अंकसहित टोटनह्याम दोस्रो स्थानमा छ । 


स्टोक सिटीमाथि म्यानचेस्टर सिटीको रवाफ Reviewed by marumala srinu on 4:48 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.