Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

भक्तपुरमा जापानी गायिकाको सांगीतिक प्रस्तुति


बैशाख ८
काठमाडौँः भूकम्पपीडितको सहयोगार्थ जापानी गायिकाले भक्तपुर दरबार स्क्वायरमा वैशाख १२ गते विशेष सांगीतिक प्रस्तुति पस्कने भएकी छन् ।
जापानी गायिका आयो साना गत वर्ष वैशाखमा गएको शक्तिशाली भूकम्पका पीडितलाई आशाको दियो बनेर सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेकी हुन् । उनले भक्तपुर दरबार स्क्वायरमा गीत मात्र प्रस्तुत गर्ने छैनन् । जापानमा भूकम्प जाँदा भएको क्षति र त्यहाँका जनताले देखाएको साहसको समेत चर्चा गर्ने छिन् ।
आयो साना उपस्थित हुने कार्यक्रमलाई 'aoi sano present's Hakari song gift in nepal' नाम दिइएको छ ।
आयोलाई नेपालका विभिन्न सांगीतिक समूहले समेत साथ दिने छन् । सोही कार्यक्रममा आयोले ३०० थान सोलार बत्ती भक्तपुरका भूकम्पपीडितलाई वितरण गर्ने छिन् ।
आयोजकले भूकम्पपछि नेपाल पर्यटकका लागि सुरक्षित रहेको सन्देश दिन समेत सांगीतिक कार्यक्रम हुन लागेको बताए । आयोजक मध्येका एक लक्ष्मीराज भण्डारी भन्छन्, ‘पर्यटकलाई भूकम्पपछि पनि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनका निम्ति भक्तपुर दरबार स्क्वायरमै संगीतिक कार्यक्रम गर्न लागिएको हो ।’
सांगीतिक कार्यक्रममा प्रवेश निःशुल्क भएको आयोजकले बताएको छ । कार्यक्रमको तयारी नेपालबाट भए पनि कार्यक्रमको आयोजना गायिका स्वयम्ले गर्दै छिन् ।
- अन्नपूर्ण पोस्ट्


भक्तपुरमा जापानी गायिकाको सांगीतिक प्रस्तुति Reviewed by marumala srinu on 1:05 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.