Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

विदेशमा दुःख पाउनेको सहारा बन्दै ‘अपराध महाशाखा’

काठमाडौं–रसुवाको धैवुङकी कल्पना योञ्जन (नाम परिर्वन) आफन्तको सहयोगमा मलेसिया पुगिन् । घरेलु कामदारको रुपमा मलेसिया पुगेकी कल्पनाले त्यहाँ पुगेको केही दिनमा क्लिनरको काम पाईन् । घरधनीले बर्ष दिनसम्म उनलाई नियमित तलब पनि दिए, उनले रसुवामा रहेको घर–परिवारलाई पैसा पठाईन् । उमेरले ३० पुगेकी उनी रसुवामा श्रीमान र एउटा बच्चा छाडेर मलेसिया पुगेकी थिईन् ।
०७१ साउनमा त्यहाँ पुगेकी कल्पनाले ०७२ साउनदेखि समस्या भोग्न थालिन् । घर मालिकले घर बाहिर निस्कन नदिने, समयमा तलब नदिने र घर परिवारमा सम्पर्क गर्न दिन छाडेपछि कल्पना बन्दीको जस्तै जीवन बिताउन बाध्य भईन् । ठिक त्यहिबेला उनको श्रीमान महानगरीय प्रहरी अपराध महाशाखामा पुगेर आफ्नी श्रीमती धेरै महिनादेखि सम्पर्कमा नआएको भन्दै ‘ज्यानको खतरा’ रहेको रिपोर्ट लेखाए ।
मानव बेचविखन र वैदेशीक रोजगारीमा दुःख पाउनेहरुको घाउमा मल्हमपट्टि गर्नका लागि हटलाईन नम्बर राखेर कारवाही अगाडी बढाएको अपराध महाशाखाले मलेसियामा रहेको नेपाली दुतावास र एनआरएनसँगको सहकार्यमा केहि दिनअघि कल्पनाको उद्दार गरेको छ । ‘हामीले एनआरएनसँग को–अर्डिनेशन गरेर दूतावासका कर्मचारीलाई ति महिला काम गर्ने घरमा पठायौं’ अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘सबै वस्तुस्थिति बुझ्यौं, फोनमा कुरा गर्यौं, त्यसपछि उनलाई उद्दार गरेर गत साता नेपाल ल्यायौं ।’
प्रहरीका अनुसार कल्पनालाई मलेसियन घरधनीले समयभन्दा बढी काममा लगाउँदै घरबाहिर निस्कनबाट बन्देज लगाएको थियो ।
म्यानपावरलाई मोटो रकम बुझाएर विदेश जाने र त्यहाँ पुगेपछि अनेक दुःख झेल्न बाध्य नेपालीका लागि महानगरीय प्रहरी अपराध महाशाखा सहारा बनेको छ । महाशाखाले झण्डै साँढे दुई महिनाअघि मानव बेचविखन र वैदेशीक रोजागारीमा गएर दुःख पाउनेको समस्या समाधानका लागि संचालन गरेको हटलाईन नम्बर ‘११७७’ मा उजुरी मात्रै बढेको छैन, कारवाहीको गति पनि अगाडी बढाएको छ । ‘नेपालीहरु कामदारका रुपमा पुग्ने १६ वटा मुलुकबाट हाम्रो देशको कोड नम्बर डायल गरेर ११७७ मा फोन गरेपछि अटोमेटीक रेकर्ड हुनेगरी उजुरी लिने पाईलट प्रोजेक्ट अगाडि बढाएका छौं’ महाशाखाका डिएसपी मुकुन्द मरासिनीले भने, ‘तत्कालका लागि विदेशी मुलुकबाट ‘४–२६९७४१’ डायल गरेमा हाम्रो ११७७ मा घण्टी बज्छ, केही दिनपछि हटलाईनमै सम्पर्क हुनेगरी काम गरिरहेका छौं ।’
महाशाखाले हटलाईन नम्बरसहित छुट्टै शाखा बनाएर विदेशमा दुःख पाएका नेपाली तथा बेचबिखनमा परेका चेलीहरुको उद्दार थालेको छोटो समयमा नै उल्लेखनीय सफलता हासिल गरिसकेको छ । ‘मानव बेचबिखनबारे प्राप्त ५ वटा उजुरीका आधारमा १४ जनाको उद्दार गरेका छौं’ डिएसपी मरासिनीले भने, ‘मानव बेचविखनमा संलग्न ८ जना पक्राउ परेका छन् ।’
हटलाईन सेवा शुरु गरेसँगै सबैभन्दा धेरै वैदेशिक रोजागारीमा जाँदा दुःख पाएको र नेपालमै दलालहरुबाट ठगिएको उजुरी पर्ने गरेका छन् । महाशाखाका अनुसार दुई महिनाको बीचमा विदेशबाट १२९ वटा उजुरी परेका थिए ।
मेनपावरले झुलायो, प्रहरीले तलब दिलायो
बारा कर्चहवाका शिव शंकर लोहार ०७१ साउनमा वैदेशिक रोजागारीका लागि साउदी अरेबिया हानिए । फ्युचर माईन्ड नामक मेनपावर कम्पनीबाट साउदी गएका शिव शंकरले भनेजस्तो काम पाएनन् । नेपालमा मेनपावरले भनेजस्तो काम साउदीमा नदिइएपछि लोहार ३ महिनामै नेपाल फर्किए । काठमाडौं आउनासाथ फ्युचर माईन्डको ढोका ढकढक्याउन पुगेका लोहारलाई मेनपावरले ‘फेरी विदेश पठाइदिन्छु’ भन्दै बर्षदिन झुलायो तर पठाएन् ।
त्यसपछि शिवशंकरले महानगरीय अपराध महाशाखामा मेनपावरविरुद्ध रिपोर्ट दर्ता गराए । ‘हामीले मेनपावर संचालकलाई बोलाएर शिवशंकरको ३ महिनाको तलब समेत दिलायौं’ एसएसपी सर्वेन्द्र खनालले भने, ‘शिवशंकर जस्ता धेरै पिडीतको समस्या समधान गरिसकेका छौं ।’
वैदेशिक रोजगारीका लागि धेरै नेपाली पुग्ने १६ मुलुकलाई टार्गेट गरेर यस्तो सेवा शुरु गरेको महाशाखाले छोटो समयमै ८४ जना कामदारहरुको उद्दार गरिसकेको छ । ‘सात जनाको समस्या सम्बन्धित मुलुकमै समाधान गर्यौं’ एसएसपी खनालले भने, ‘चार सयभन्दा बढीको समस्या पाईपलाईनमा राखेर काम गरिरहेका छौं ।’
‘कम्प्लेन आउने क्रम बढिरहेको छ’ डिएसपी मुकुन्द मरासिनीले भने, ‘घरेलु हिंसामा परेका, विदेश गएको लामो समय सम्पर्कमा नआएका जस्ता विषयमा उजुरी बढेका छन्, सम्वन्धित दूतावासलगायतका निकायसँग समन्वय गरेर उद्दार गरिरहेका छौं ।’
महानगरीय अपराध महाशाखाले हटलाईनमा आउने उजुरीलाई कम्युटरमा रेकर्ड गर्ने गरेको छ । प्रहरीले यस्तो सेवा शुरु गरेपछि पिडीतले घटनाको बारेमा जानकारी गराउन पाएका छन् । राजदुतावासमा हजार पटकभन्दा पनि नभएको काम प्रहरीलाई एक कल फोन गर्दा हुन थालेको छ । कमसेकम वैदेशीक रोजगारीमा पुगेर दुःख पाएकाहरुले न्यायको श्वास लिन पाएका छन् । एसएसपी खनाल भन्छन्, ‘मलाई अभिभावकत्व महशुस हुन्छ, विदेशमा दुःख पाएका नेपाली दाजुभाई–दिदीबैनीलाई सहयोग गर्न पाएको छ

विदेशमा दुःख पाउनेको सहारा बन्दै ‘अपराध महाशाखा’ Reviewed by marumala srinu on 10:40 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.