Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

उपचार गर्न हिडेका आमाछोरीको शव सेती किनारमा भेटियो

बझाङ, १३ वैशाख । बझाङमा उपचार गर्न हिडेका आमा छोरीको शव सेती नदीको किनारमा फेला परेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आइतबार ४ वर्षीया छोरी इन्दिरा खाती सेती किनारमा मृत भेटिएकी थिइन् । त्यसको भोलिपल्ट सोमबार आमा २५ वर्षीया देवी खाती नदीकै किनारमा मृत भेटिएकी हुन् ।
औषधी उपचार गर्न प्राथमिक स्वास्थ्य केन्द्र रायल जान्छु भनी साथमा ४ बर्षीया छोरी बोकी हिडेकी रायल–९ डाफरु बस्ने २५ बर्षीया देवी खाती मृत अवस्थामा फेला परेकी हुन् ।
बैशाख ९ गते खाती ४ बर्षीया छोरी इन्दिरा खातीलाई लिएर गएकोमा घर नआएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले खोजतलास गर्दा सोमबार रायल–३ खोचामोड स्थित सेती नदीको किनारमा मृत फेला परेकी हुन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उपचार गर्न हिडेका आमाछोरीको शव सेती किनारमा भेटियो Reviewed by marumala srinu on 7:43 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.