Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

दलालको कमाइ दिनहुँ ५० लाख

मूल्य र कारोबारमा भएको बृद्धिसँगै सेयर दलालहरुको कमाइ दैनिक ५० लाख रुपैयाँसम्म पुगेको छ। कान्तिपुर दैनिकमा समाचार छ। 
 
गत असारदेखि फागुनसम्मको कारोबार रकम र त्यसमा दलालले लिने गरेको न्यूनतम कमिसनका आधारमा यो रकम आएको हो। यसका आधारमा प्रत्येक दलालले दैनिक औसत करिब १ लाख कमाएको देखिन्छ। कार्यरत ५० दलालहरुमध्ये कार्यक्षमताअनुसार केहीले धेरै र केहीले कम कमाउँदै आएका छन्। 
 
गत साउनदेखि फागुनसम्म ७० अर्ब ११ करोड रुपैयाँ  बराबरको सेयर कारोबार भएको छ। उक्त अवधिमा १ सय ४९ सेयर कारोबार भएको थियो। 
 
दलालले खदरिद र विक्री दुवैमा समान शुल्क उठाउने भएकाले कारोबारको दोब्बर रकमबाट शुल्क लिन्छन्।
 
अहिले सेयर खरिदविक्री गरिदिएवापत दलाल कम्पनीले ५० हजार रुपैयाँसम्ममा १ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्ममा ०.९ प्रतिशत,  ५ लाखदेखि १० लाख रुपैयाँसम्म ०. ८ र १० लाख भन्दा भाथि ०ं७ प्रतिशत सेवा शुल्क लिन पाइने कानुनी व्यवस्था छ।  

दलालको कमाइ दिनहुँ ५० लाख Reviewed by marumala srinu on 5:42 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.